भानु (तनहुँ) ।भानुका नवनिर्वाचित नगर प्रमुख आनन्द राज त्रिपाठिले सामुदायिक भवनको उद्धघाटन गरेका छन ।
नगरप्रमुख त्रिपाठिले भानु नगरपालिका वडा नं १ ठिमुराबास, सालबिस्नेमा स्थित भानु नगरपालिकाको १५ लाख आर्थिक सहयोग सहित ४० लाखमा निर्माण सम्पन्न भएको सामुदायिक भबनको आज एक कार्यक्रमको बिच उद्धघाटन गरेका हुन ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठिले स्थानिय मेलमिलाप र आपसी सहकार्यले नै बिकासको सुरुवात हुने कुरा यो भबन निर्माण समिति प्रमाणित गरेको र भानु नगरपालिकाकै उत्कृष्ट भबन बनेको भन्दै यस भबनका लागि भोलिको दिनमा आफू र नगरको सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त समेत गरेका थिए ।
भबन निर्माण समितिका अध्यक्ष शुक्र लामाको अध्यक्षमा एवम् भानुका नगरका प्रमुख आनन्द राज त्रिपाठिको प्रमुख आतिथ्यता सम्पन उक्त कार्यक्रम भानु नगरपालिकाका प्रशासकीय अधिकृत चन्डिकालाल पौडेल , वडा नं १ वडा अध्यक्ष कान्छीमाया तामाङ पुर्ब अध्यक्ष प्रेम लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीयको जनश्रमदान , आमा समुह र नगरपालिकाको सहयोगमा २ वडा हल सहित भबन निर्माणका लागि ५० हजार भन्दा माथी सहयोग गर्ने १९ जनालाई सम्मान समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया