अनेसास क्यानडाको साहित्यक भेटघाट कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ जेठ १४ गते ३:०६ मा प्रकाशित

अटवा,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाले गत बुधवार जेष्ठ ११ गते तदनुसार मे महिनाको २५ तारिख २०२२ का दिन क्यानडाको राजधानी अटवामा साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न गर्यो । नेपालका चर्चित लोकगायक जनकविकेशरी धर्मराज सावित्री थापा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार मदनराज
थापाको सम्मानमा साहित्यिक भेलाको आयोजना गरिएको थियो । कविता खरेल द्वारा संचालन गरेको उक्त कार्यक्रममा बिभिन्न कवि तथा गजलकारहरूले रचना बाचन गरेर सुनाउनु भएको थियो । अनेसासका अध्यक्ष तारा उप्रेतीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्तोष बरालले स्वागत गर्दै प्रमुख अतिथि मदनराज थापाको परिचय गराउनु भएको थियो।

यूवाकवि प्रगति पराजुलीको ‘बेहोसीको यादमा’ कविताले श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो । त्यस्तै कवि नवराज सुवेदीको “ए मालिक” कविता र दुई गजलहरूले साहित्यिक भेटघाटको साँझलाई यादगार बनाएको थियो । कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरू क्रमश मिठु थापा, मुनु थापा क्षेत्री, राहुल क्षेत्री र सरविन क्षेत्री हुनु हुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई सल ओडाएर स्वागत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार मदनराज थापाले नेपाली लोकभाका लोकगीत र जनकविकेसरी धर्मराज थापाको योगदानको चर्चा गर्नु भयो । श्री थापाले नेपालको बर्तमान अवस्था प्रति चिन्ता व्यक्त गर्दै परिवर्तनका लागि विगुलफुक्ने उर्जाले भरिएका जोशिला कविताहरू सुनाउनु भयो । लौरो शिर्षकको कविताले सबैलाई भावुक नाएको थियो । उहाँका मुक्तकहरू पनि उत्तिकै उर्जा प्रदान गर्न सफल भएका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाजका नीवर्तमान अध्यक्ष श्री भानुभक्त आचार्यले पनि आफ्ना साहित्यिक विचारहरू प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष सन्तोष बराल असम निवासी भिम बराल द्वारा लिखित बुख्याँचा शिर्षकको कविता सुनाउनु भयो । सामाजीक परिवर्तन शिक्षा चेतना र राजनीति प्रति राम्ररी व्यंग्य गरिएको कविताले सबैलाई सोचमग्न बनाएको थियो । प्रवासमा नेपालीभाषाको आवश्यक्ता र महत्व विषयमा चर्चा गरिएको थियो । कार्यक्रमा सुरेन उप्रेती कवि प्रजापति सुवेदी र तारा उप्रेतीले आआफ्ना कविताहरू बाचन गरेर सुनाउनु भएको थियो । संस्थाका अध्यक्ष तारा उप्रेतीले कार्यक्रमका सहभागीहरूलाई रात्रीभोजको पनि व्यवस्था गर्नु भएको थियो । कार्यक्रममा अटवा तथा क्यूवेकका नेपाली साहित्यकारहरू र साहित्यानुरागीहरूको उपस्थिति थियो । प्रवासमा यस प्रकारको साहित्यिक कार्यक्रम देख्दा आफुलाई नेपालकै याद आएको कुरा प्रमुख अतिथि थापाले बताउनु भयो । यो सौहार्दताका लागि हामी नतमस्तक भएका छौ श्री थापाले भन्नु भयो ।

कार्यक्रममा भोला बराल, बिष्णु कार्की, उमेश भण्डारी, नवराज सुवेदी, नविन सुवेदी ,आरोह उप्रेती, मनमाया सुवेदी, सृष्टी खरेल, माया तारा सुवेदी, लियोन सुवेदी, प्रकृति खरेल, निरा खरेल, भानुभक्त आचार्य, प्रताप बस्नेत, मानुष बस्नेत, प्रजापति सुवेदी, सन्तोष बराल, बोधी सुवेदी आदिको उपस्थिति रहेको थियो ।कार्यक्रममा जनकविकेशरी धर्मराज सावित्री थापा प्रतिष्ठानका अध्यक्ष श्री मदनराज थापाले संस्थाले प्रकाशन गरेका धर्मराज थापाको निबन्ध संग्रह र साहित्यिक ग्रन्थ अध्यक्ष तारा उप्रेतीलाई प्रदान गर्नु भयो।अन्त्यमा सबैलाईधन्यवाद दिँदै तारा उप्रेतीले कार्यक्रमको समापन गर्नु भयो ।

प्रतिक्रिया