कस्तो रहेछ यो मेरो………..

गोबिन्द राज ओझा     (साजन)        २०७९ जेठ १३ गते १०:०८ मा प्रकाशित

कस्तो रहेछ यो मेरो जिन्दगिको खेल

बाच्नुपरेको मैले आशुको बगाई भेल
त्यो डाडामा सितल हावा चलेको छ

यो दिल भित्र आगो जलि पोल्न थालेको छ

सितल छहारि खोज्न आए यो डाडाको चौतारिमा

कस्को आखा लाग्यो होला यो मेरो चोखो मायामा

यि डाडा, यि पाखा,पर्वतले यो मनलाई लोभ्याएछ

मेरो यो दिल जलेर खरानि हुन बाकि छ

बसेको छु प्रिय बिरानो ठाउमा यो मन दुखाएर

कति गाह्रो भयो  होला यो ठाउमा एक्लै बसेर

त्यो डाडामा सितल हावा चलेको छ

यो दिल भित्र आगो जलि पोल्न थालेको छ

 

यो मनलाई पिडा दियौ चोटै चोट खुवाएर

बधाई छ निष्ठुरी गयौ मेरो दिल तोडेर

त्यो डाडामा सितल हावा चलेको छ

यो दिल भित्र आगो जलि पोल्न थालेको छ

 

गोबिन्द राज ओझा     (साजन)

 दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

प्रतिक्रिया