युक्रेनको मेरीउपोलमा थप २०० वटा शव फेला

इनेप्लिज २०७९ जेठ १० गते १४:१४ मा प्रकाशित

युक्रेनको  मेरीउपोलको  अग्लो क्षेत्रको भग्नावशेषमा २०० वटा शव फेला पारेको युक्रेनी अधिकारीले बताएका छन् ।

रुसी-नियन्त्रित बन्दरगाह शहर मेरिउपोलमा युक्रेनी अधिकारीले  अग्लो भवनको भग्नावशेषमा २०० शव फेला परेको दाबी गरेका छन ।

रुसको  बमबारीले महिनौंदेखि ध्वस्त भएको शहरमा अर्को डरलाग्दो खोज गरिएको अधिकारीले वताए ।

मेरीउपोलका नगर प्रमुख  भाडिम बोइचेन्कोका सल्लाहकार पेट्रो एन्ड्रियुसेन्कोले मंगलबार सॅचार माध्यम टेलिग्राममा एक विज्ञप्तिमा उपनगरीय ईन्धन चौकी नजिकैको  अग्लो भवनको भग्नावशेष भत्काउने क्रममा करिब २०० शव फेला पारेको बताए। शवहरू भत्किएको भवनको मुनिको छिडीमा कुहिएको अवस्थामा फेला परेको उनले बताए।

प्रतिक्रिया