युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्तीमा

इनेप्लिज २०७९ जेठ १० गते १०:१८ मा प्रकाशित

 


युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती मनाइएको छ । सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनको प्रमुख अतिथ्यमा युगकवि प्रतिष्ठानका अध्यक्ष बैरागी काइलाले सभापतित्व गर्नु भएको थियो।

युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई साथै यसैगरी विसं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमशःगजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई नगद सहित सम्मान गरियो।

नेपाली संगीतमा लामो समय देखि सहभागी तथा नेपाली संगीत स्तरोन्नतिमा क्रियाशील गायिका गीता पाण्डे,संगीतकार एलिस कार्की तथा संगीत संयोजक राजेशकुमार श्रेष्ठलाई कदरपत्र प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूबाट कदर पत्र प्रदान गरिएको थियो।

सोही अवसरमा नेपालको पहिलो राष्ट्रिय गान ‘हिमगिरी मन्डित ‘ गीतको भिडियो सार्वजनिक गरिएको छ। युगकवि सिद्धिचरण श्रेष्ठको रचना, संगीत एलिस कार्की, स्वर प्रताप दास, गीता पाण्डे लगायतको स्वर रहेको एवंम संगीत संयोजक राजेश कुमार श्रेष्ठको रहेको छ ।

सोहि कार्यक्रममा डा.देवी नेपाल द्वरा लिखित ‘युगकवि सिद्धिचरणका कवितामा छन्दविधान’ अनुसन्धानात्मक कृतिको प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूबाट लोकार्पण गरियो।

कार्यक्रममा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा ,प्रा.डा.राम प्रसाद ज्ञवाली, कुलपति गङ्गाप्रसाद उप्रेती, संरक्षक रविचरण श्रेष्ठ साथै साहित्यकारहरुले युगकवि सिद्धिचरण, अनुसन्धानात्मक कृति साथै नेपालको पहिलो राष्ट्रिय गीतको बारे पनि प्रकाश पार्नु भएको थियो। विविध साहित्यिक कार्यक्रम गरेर स्वदेश तथा बिदेशमा युगकवि सिद्धिचरणको आआफ्नै किसिमले युगकविलाई सम्झिएर जन्मजयन्ती मनाईएको छ।

युगकवि नेपाली साहित्यमा स्वच्छन्दता वादीका व्यधारका प्रवर्तक मानिन्छन्। उनी नेपाल भाषामा कवि रत्नका रुपमा पनि चिनिन्थे। उनले आफ्नो जीवनको साढे छ दशक साहित्य साधनाका सन्दर्भमा फुटकर कविता,गीत, खण्ड काव्य, नाटक,पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायत विधामा सफलतापूर्वक कलम चलाएका थिए।

उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘हिमगिरी मन्डित’ ,निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन्।उनका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’,‘कुहिरो र घाम’लगायत खण्ड काव्य ‘उर्वशी’, ‘ज्यानमाराशैल’, ‘आँसु’लगायत कृति छन्।

प्रतिक्रिया