टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२८” सम्पन्न भएकाे छ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २२ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।
यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत झ्याउरे छन्द ‘ख’ मा टुक्काहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साहपूर्वक झ्याउरे लाेक छन्द ‘ख’ मा सुन्दर तथा चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
झ्याउरे छन्द ‘ख’
सूत्र – ४+४,४+४ = १६ अक्षर
आठ अक्षरमा विश्राम
अभ्यासकाे क्रममा सङ्कलन गरिएका झ्याउरे छन्द ‘ख’ का टुक्का कविताहरू
[१]
१.
जता जाऊँ चारैतिर हरियाली मात्रै देख्छु,
आजकल किन होला टुक्का कथा धेरै लेख्छु ।
२.
जातपात धर्म सबै रुढीवादी मान्न थाले,
आफ्नो देश र संस्कृति भुली अन्तै गोडा चाले ।
३.
चुनावैले ल्यायो यहाँ झगडाको मुख्य बीउ,
हुलमुल छोडी अब बचाउँ है आफ्नै जिउ ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[२]
१.
कृष्णजीको बाँसुरीको सुमधुर धुन सरि,
मायालुको मिठो भाका पोखिएछ पाखा भरि।
२.
गोपिनीझैँ मन्त्र मुग्ध, वन्यजन्तु चरीबरि,
लता बृक्ष हल्लिएछ गीत बुझे जस्तै गरि।
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[३]
१.
वारी पारी फूल फुल्यो, रमाइलो भयो साथी,
मधेशमा गर्मी भयो,जाने भयौं हामी माथि।
दीपक ठटाल जलन
खरसाङ
[४]
१.
जाे आएनी जे गरेनी जनता कै ढाड सेक्ने,
दुःख अनि राेग भाेक काेही हुन्न छाता छेक्ने ।
२.
जागरुक आफैँ बन्नु हक हित पनि खाेज्नु,
चिप्ला कुरा टाढा राख्दै खराे खास मान्छे राेज्नु ।
३.
आऔँ हामी सबै मिली बनाऔँ याे आफ्नै घर,
अवसर ढुकि बस्छन् शत्रु हाम्रै वरपर ।
ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास
[५]
जित्न पनि सकिएन आँसु खस्यो रोक्दा रोक्दै,
तिमी गयौ बिर्सिएर बस्दै छु म पीर बोक्दै।
अम्विका अधिकारी
झापा विर्तामोड
[६]
१.
चुनावको मुल्यांकन गर्नलाई बाँकी होला,
कसोगरी गन्ती भयो मतपेटी पुगे खोला।
२.
जताततै भ्यूटावर बनाएको हेर्नलाई,
त्यहीँ चढी नियालौं न गाउँघरे दाजु भाई।
सुरेशकुमार पान्डे।
दाङ घोराही१८
[७]
१.
भोट हालेँ राम्रो नेता चुनेँ छाने जस्तै गरी,
भरै ठुलै झोले रैछ, लुट्यो मानो भरी-भरी।
२.
तिमीलाई सम्झिएर, बसेँ हेर कति-कति
झरिगए छैन अब, रुँदा सबै आँसु जति।
परिक्रमा श्रेस्ठ
धरान- १५, सुनसरी ।
[८]
१.
सुनाखरी फूल जस्ती, साह्रै गर्छ्यौ तिमी मस्ती,
हिजोआज किन देख्छु,अस्ती भन्दा धेरै खस्ती।
२.
जूनभन्दा पनि राम्रो, घामभन्दा पनि राम्रो,
हामी दुई बिहे गरौँ, मिल्छ जोडी अती हाम्रो।
३.
तिम्रो मेरो जोडीलाई, कसैले नी नकार्दैन,
मैले जस्तो तिमीलाई, कोही पनि सपार्दैन।
लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
[९]
१.
नेपालका खेतबारी सबै भए सुख्खा टारी ,
जता हेर्छु उतै देख्छु जन बस्छन् आँसु झारी ।
२.
कति ल्याए हात्ती घोडा कति आए जन्ती ताँती ,
चुनावको दिन गयो हुनेभयो भलिभाँती ।
३.
हिमालको पाखाभरी रातो फूल हेर फुल्यो ,
सुख शान्ति आयो भन्थे अब क्रान्ति सधैँ झुल्यो ।
बेदु न्यौपाने
काठमाडौ
[१०]
चुनावमा चलखेल हुनेरैछ जालझेल ,
“नत हर्ष विष्मातभाे पाकेपनि साह्रो बेल”।
रामकृष्ण दवाडी
पोखरा
[११]
१.
जनताले भोट हाले राम्रो व्यक्ति चुन्नलाई ,
बदल्नु छ गाउँघर राम्रो कार्य गर भाइ ।
२.
वर्षा लाग्यो पानी पर्यो खेतीपाती गर्नु पर्यो,
हलगोरु किन्ने पैसा नपाएर पीडा गर्यो ।
भगवती दवाडी
दमक, झापा ।
[१२]
शहर र गाउँतिर चुनावको लहरले,
छाडेको नै छैन अरे कोरोनाको कहरले।
गुणनिधि घिमिरे
पाँचथर, हाल अमेरिका
[१३]
१.
चुनावमा जोड्यौ हात, खुवाउँदै मासु भात,
जितेपछि घोच्न थाल्यौ, रुवाउँदै दिनरात।
२.
पहिलेका मिठा कुरा, बिझ्ने गर्छन् छुरासरि,
पश्चातापको आगोले, पोल्ने गर्छ घरीघरी।
३.
नहालेर नहुने खै, हाल्दा चित्त नै नबुझ्ने,
दिमाग नै शून्य लाग्छ, कहिल्यै बुद्धि नसुझ्ने।
वसन्त अनुभव
घोराही, दाङ
[१४]
१.
हुने पुग्ने कुरामात्र,गरिदए हुन्थ्यो होला,
कहाँ बग्छ उँभो उँभो तलतिर बग्ने खोला।
२.
जस्तोसुकै समस्यामा,घोप्टोचेप्टो हुनैपर्छ ,
अघि झुट पछि सत्य, आखिरमा छुनैपर्छ।
होम प्रसाद नेउपाने
धरान ।
[१५]
१.
चुनावमा यत्रतत्र मासु भात बाँड्दै थिए,
आफू खुशी भोट हाले!पक्का उल्टै नोट लिए।
२.
केही दाम खर्च गर्छन् लाखौ उता झेल गर्यो,
त्यसैले त विकासको मूल फुट्न पछि सर्यो।
म्यामराज राई
हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान
[१६]
१.
मेरो मन तिमीभन्दा हुरुक्कै भो हेर गोरी
झ्यालबाट लुकीछिपी हेर्छु रूप लाली चोरी।
२.
सपनीमा सधैँ देश रोएको पो देख्नथालेँ
त्यै भएर कवितामा चेतनाको दियो बालेँ।
३.
जनप्रतिनिधि सबै पार्टीलेनै छान्दारैछन्
जनताको मत उसै बाध्यपारी तान्दारैछन्।
रामशरण न्यौपाने
भक्तपुर
[१७]
१.
सुरुवाती कतिराम्रो, क्षितिजको कोण दृष्टि,
हराभरा सुख्खापन, नहुनुथ्यो अल्पवृष्टि।
२.
नयाँवर्ष सुरुवात, पालुवाको आगमन ,
समयकै वर्षातले, उर्वरता लिन्छ टन।
जमुना आचार्य
सिन्धुपाल्चाेक
[१८]
१.
कति हेर्नु त्यो पुरानो अनुहार दाजुभाइ ,
केही गरौ अघि सरौ भन्दैछन् है युवालाई ।
२.
आयो गयो यो चुनाव गाउँ घर भाडभैलो ,
मिलिजुली थिए सबै समाज नै भयो मैलो ।
बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४झापा
[१९]
१.
राजनीति राजनेता, उनिहरू गर्छन् नानी,
साहित्यका रचनाको, बगैंचामा हालौँ पानी।
२.
देशभक्ति राजभक्ति, साहित्यमा धेरै हुन्छ,
सन्देशका कुरा लेख, दुनियाँको मन छुन्छ।
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[२०]
१.
राम्रो मान्छे छान्न भनि कसरत गर्दै गए,
मासु रक्सी भेटेपछी उत्तैतिर लठ्ठ भए।
२.
खुट्टा तान्ने डण्डा हान्ने राम्रो मान्छे हराउदै ,
अब तिनै बस्नु पर्छ कराउदै डराउदै ।
३.
ठग चोर दलालको अखडामा के के होला ?
काम सारै राम्रो गर्यौ पाखण्डी हो बोक झोला।
बिबस पारदर्शी
झापा
[२१]
१.
गल्ती भुल्न हुदैन रे तर बाध्य भएँ आफैँ,
बाध्यता नै ठूलो भयो किन माग्नु पर्यो माफैँ।
२.
चुनाव यो ठिकै लाग्छ सोझो तिर्नु छ भोटको,
कुन भरि देला गोजी कारोबार हो नोटको।
अच्युत घिमिरे
भुटान
[२२]
कत्ति बुझ्न सकिएन, राजनीति भयो कस्तो?
जनताको मूल्य तोक्यो मासु भात भन्दा सस्तो।
अनिल खग्रास
>> जय टुक्का! जय साहित्य!! <<
प्रतिक्रिया