रुसी विदेश मन्त्रालयले रुस प्रवेशमा प्रतिबन्ध लगाएका अमेरिकीहरुको सूची सार्वजनिक गरेको छ ।
रुसी विदेश मन्त्रालयले शनिबार स्थायी रूपमा रुसी महासंघ प्रवेशमा प्रतिबन्ध लगाइएका अमेरिकी नागरिकको सूची सार्वजनिक गरेको छ ।
रुसले यो कदम अमेरिकाले हाल लगाएको रुस विरोधी प्रतिबन्धको बदलामा भएको बताएको छ ।
मन्त्रालयको संजालस्थल (वेबसाइट)मा प्रकाशित सूचीमा राष्ट्रपति जो बाइडेनसहित ९६३ अमेरिकी नागरिक रहेका छन् ।
प्रतिक्रिया