भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदी सुर सुधाको कार्यक्रममा लुम्बिनीमा

इनेप्लिज २०७९ जेठ ४ गते २३:२४ मा प्रकाशित


२५६६ औं बुद्ध जयन्तिको सु-अवसरमा होटेल पवन प्यालेसमा भारतीय महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदी जी को सामिप्यमा सुर-सुधाको सांगीतिक
प्रस्तुति बिशेष -रुपले हेर्नु भएको थियो ।

 

प्रस्तुतिको क्रममा सुर-सुधाद्वारा ‘The Fisherman Track, Jay Namo Buddha Guitar Solo’ बजाइएको थियो lउहॉको प्रिय भजन “वैष्णव जन तो’’ र लता
मंगेस्कर र गुजरातकी पद्म श्री प्राप्त दिवाली वेनले गाउनुभएको गुजराती गीत पनि प्रस्तुत गगरिएको थियो l तत्त पश्चात महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदी
जी स्टेज तर्फ आउनु भयो र सुर-सुधा समूह र संगीतबारे जानकारी लिनुभयो,साथमा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवा र श्रीमती डा.आरजू
राणा देउवा ले पनि सुर-सुधाको संगीतको प्रशंसा गर्नु भयो l महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदी ले२०१८सालमा नेपाल भ्रमणमा आऊदा पनि सुर-सुधाले गरेको प्रस्तुतिको स्मरण गर्नुको साथै,भारतको परराष्ट्रबाट आएको निवेदनमा गाईएको “बैषण्व जन तो ” ‘world Premier’ भएकोमा उहाकै युटुब च्यानलमा राखिएको र पछि सोहि गीतलाई लिएर ट्विट गरिएको याद पनि ताजा गर्नुभयो l अन्तमा कलाकारहरु संग फोटो खिचाएर शुभकामना आदान-प्रदान गर्नुभयो ।

प्रतिक्रिया