युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ७५ औं कान्स फिल्म फेस्टिभल(चलचित्र महोत्सव )को उद्घाटन समारोहमा मंगलबार परोक्ष रुपमा (भर्चुअल )सम्बोधन गरे ।
उनले चलचित्रको वास्तविकता र एडोल्फ हिटलरको तानाशाही समयमा चलचित्रको भूमिकाको बारेमा समेत बोले ।
चार्ली च्याप्लिनको सन् १९४० को दशकको चलचित्र ‘द ग्रेट डिक्टेटर’ लाई सन्दर्भ जोड्दै जेलेन्स्कीले भने, ‘त्यसले वास्तविक तानाशाहलाई त्यतिखेर ध्वस्त पारेको थिएन तर चलचित्रलाई धन्यवाद र यस चलचित्रको कारणले चलचित्र मौन हुन छाडेको थियो, हरेक हिसाबले चलचित्र बोलिरहेको थियो । र, यो स्वतन्त्रताको भावी विजयको आवाज थियो।”
उनले भने, ‘विगतमा जस्तै आज पनि तानाशाह छ’ र ‘फेरि पनि स्वतन्त्रताको लडाइँ छ’ र ‘विगतमा जस्तै चलचित्रमा चुप लागेर बस्नुहुँदैन ।
“म विश्वस्त छु कि तानाशाह हार्नेछ,” जेलेन्स्कीले भने, “हामी यो युद्धमा जित्नेछौं। गौरवको युक्रेन ।”
गत अप्रिलमा जेलेन्स्कीले ६४औँ वार्षिक ग्रामी अवार्ड(पुरस्कार )मा पनि सम्बोधन गरेका थिए भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया