समाजका सौन्दर्य भाषा र साहित्य– केन्द्रीय सदस्य डा कोइराला

मोहम्मद सदरुल २०७९ जेठ १ गते १०:२३ मा प्रकाशित

 

मोहम्मद सदरुल,विराटनगर, १ जेठ(रासस):दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा भाषा,साहित्य र पत्रकारिता क्षेत्रका दुई जना स्रष्टा पुरस्कृत भएका छन्।

भाषा र साहित्य क्षेत्रमा रु.५१ हजार राशिबाट पुरस्कृत हुने प्राडा चुडामणि बन्धु छन् भने पत्रकारिता क्षेत्रबाट रु.२५ हजार राशिबाट पुरस्कृत हुने पत्रकार भूषण दाहाल छन्।

भाषा,साहित्य र समाजिक क्षेत्रमा अहोरात्र योगदान दिने प्राज्ञः दधिराज सुवेदीको सुपुत्र पत्रकार शरदराज सुवेदी र अर्का छोरा रुपेश सुवेदीले संयुक्त्त रुपमा रु.१५ लाखको अक्षय कोष स्थापना गरी वर्षेनी पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले जानकारी दिनुभयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पुरस्कृत स्रष्टाहरुलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै नेपाली समाजलाई रुपान्तरण गर्न भाषा, साहित्य र पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान छ भत्रुभयो।उहाँले भाषा, साहित्य,कला र पत्रकारिताविनाको समाज निरश हुने भएकाले समाजलाई सौन्दर्य बनाउन यस क्षेत्रको योगदान सराहनीय छ भत्रुभयो।

कार्यक्रमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, पुरस्कृत स्रष्टाद्वय प्राडा चुडमाणि दाहाल र पत्रकार भूषण दाहालले पनि बोल्नु भएको थियो ।

प्रतिक्रिया