युक्रेनमा रुसी आक्रमण सुरु भएयता ६० लाखभन्दा बढी मानिसले युक्रेन छोडेको राष्ट्रसंघीय शरणार्थी निकायले जनाएको छ ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको पछिल्लो तथ्याङ्कअनुसार फेब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएयता ६० लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका छन् ।
८० लाख भन्दा बढी मानिसहरू युक्रेनको युद्धपूर्व जनसङ्ख्यामध्ये पाँचमध्ये झन्डै एक आफ्नो घर छोड्न बाध्य भएका र उनिहरु आन्तरिक रूपमा विस्थापित भएका छन्, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको पछिल्लो प्रतिवेदनले जनाएको छ ।
यूएनएचसिआरले अप्रिलको अन्त्यमा ८.३ मिलियन शरणार्थीहरू युक्रेनबाट भाग्ने अनुमान गरेको थियो ।
प्रतिक्रिया