पञ्चकञ्यालाई अनेसास बालरत्न प्रतिभा पुरस्कार

समाचारदाता २०७९ वैशाख २८ गते २२:११ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ‘ बालरत्न’ बाल प्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ।समितिको संयोजन शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिका अनुसार पुरस्कृत हुनेहरूमा विभूषा विष्ट(न्यूयोर्क),शिवानी कडेल(केन्तुकी),स्तुती खतिवडा (न्यूह्यामसायर),रोजी गौतम ,फेयरफ्यक्स,भर्जिनिया र ऐश्वर्या निरौला,मेरिल्याण्ड रहेका छन्।

पुरस्कार समितिका सदस्य विमला निरौलाका अनुसार पुरस्कृतहरूलाई छिट्टै कार्यक्रम गरेर पुरस्कृत गरिने छ।

प्रतिक्रिया