ईलोन मस्कले ट्वीटरको ट्रम्प प्रतिबन्धलाई उल्टाउने

इनेप्लिज २०७९ वैशाख २७ गते १८:५२ मा प्रकाशित

इलोन मस्कले ट्वीटरको ट्रम्प प्रतिबन्धलाई उल्टाउने बताएका छन्।

फाइनान्सियल टाइम्सद्वारा आयोजित फ्युचर अफ द कार ( भविष्यका कारहरु) सम्मेलनमा बोल्दै मस्कले ट्वीटरको ट्रम्प प्रतिबन्ध “नैतिक रूपमा नराम्रो निर्णय” र “चरम रूपमा मूर्खतापूर्ण” भएको बताए।

उनले भने ट्विटर खाताहरूको स्थायी प्रतिबन्ध दुर्लभ हुनु पर्छ ।

ट्वीटरले जनवरी २०२१ मा अमेरिकी सॅसदमा जनवरी ६ को विद्रोह पछि “हिंसालाई उक्साउने” सक्ने भएकोले ट्रम्पको खातामा प्रतिबन्ध लगाएको थियो।

मस्कले भने, “मलाई लाग्छ यो गल्ती थियो किनभने यसले देशको ठूलो भागलाई अलग गर्यो र अन्ततः डोनाल्ड ट्रम्पको आवाज नआएको परिणाम हो।” मस्कले भने।

मलाई लाग्छ कि म स्थायी प्रतिबन्धलाई उल्टाउनेछु।

प्रतिक्रिया