नियात्रा सङ्ग्रहलाई हार्दिक बधाई !
जीवन भोगाइका अधिकांश समय प्रवासमा नै काटे पनि लामो समय देखि अमेरिकाको न्युयोर्कमा बसेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिको लागि अहोरात्र खटिरहने एउटा सिद्धहस्त नारी साहित्यकार गीता खत्री नेपाली साहित्य आकाशको परिचित नाम हो।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्तो गरिमामय संस्थाको विभिन्न पदका सिंडीहरु चड्दै गहन कार्यभारहरु समाल्दै अध्यक्ष समेत बनेर विगतहरु पार गरे पनि हाल भने वहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्डअफट्रष्टिजको सभापति हुनुहुन्छ।अनेसासमा आबद्ध भएर नेपाली भाषा साहित्यको विकासको लागि अति धेरै प्रशंसनीय र गणनीय कार्यहरु र योगदानहरु गर्नु भएको छ भन्ने कुरा त सवैमा सर्वविदितै छ।उहाँले भाषा साहित्यको लागि गर्नु भएको उल्लेखनीय कार्यहरु प्रसस्त छन्।धेरै साहित्य सृजना गरिसक्नु भएकी गीता खत्रीको पछिल्लो कृतिको रुपमा हालै मात्र बजारमा आएको नियात्रा सङ्ग्रह “उडेको आकाश डुलेको घर्ती” ले नेपाली साहित्य नियात्रामा एक चम्किलो तारा बनेर चम्किने कृतिको रुपमा पाएकी छु।
अन्तर्राष्ट्रिय साहित्य समाजले नेपाली भाषा साहित्यको विकासको लागि गरेका धेरै कार्यक्रमहरुमा अग्रपंतिमा सवैसँग बसेर कार्य सम्पादन होस् वा प्रमुख पदमा बसेर अन्तर्राष्ट्रियस्तरको विभिन्न साहित्यिक कार्यहरू सम्पन्न गर्न उंहाको अनुभवले पूर्णाता पाइसकेको छ।उहाँले संस्थागत सङ्गठन विकास र विस्तारमा दुरदर्शी र एक कुशल नेतृत्वको भूमिका निर्वाह मात्र नगरी साहित्य सिर्जनामा पनि उत्तिकै साधाना गर्नुभएको छ।उहाँको कलम विशेष गरी नियात्रा,गीत,कथा र कविताहरूमा सक्रिय देखिन्छ।झण्डै आधा दर्जनभन्दा बढी गीत सङ्ग्रह प्रकाशित भइसकेका छन् ।म्युजिक भिडियो,सानो सिनेमा र अरु थरी थरी गीती एल्बमहरूआफू र अभिभावक समेतको अभिनय राखेर पनि निकाली सक्नुभएको छ।उहाँको कलम सवै विधामा उत्तिकै चलेको देखिन्छन्।साहित्यिक कार्यक्रमहरु, साहित्यिक सिर्जनाका साथसाथै विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादनमा पनि उहाँ उत्तिकै सक्रिय देखिनुहुन्छ।कथा सङ्ग्रह “अन्त्यहीन इन्छा” उहाँको यस अगाडी निकै चर्चामा रहेको पुस्तक हो।
उहाँको यो “उडेको आकाश डुलेको धर्ती” दोस्रो नियात्रा सङ्ग्रह हो।उडेको आकाश डुलेको घर्ती भन्नेवित्तिकै पृथ्वीको धेरै भूभागको आकाशमा उडेर जमिनमा टेकेर घुमिसकेको भन्ने बुझाउँछ।हुन पनि नियात्राकारले पृथ्वीको धेरैजसो भूभाग डुलिसकेको जानकारी हामी यो कृतिमा पढ्न पाउँछौ।उहाँ अति थोरै भाग्यमानी नेपाली महिलाहरूमा पर्नुहुन्छ जो आफूले देखेको आफू घुमेको र आफूले हेरेर अनुभव गरेका कुराहरु शव्दमा उतार्न र सिंगार्न सफल देखिनु भएको छ।उहाँ अति धेरै घुम्न रुचाउने व्यक्ति भन्ने पनि मैले यो पुस्तक पधेपछु अनुमान गरेकी हुँ| उहाँसँग भ्रमण वा यात्राको स्मरण लेख्ने खुवी भएको र भ्रमण गर्ने अवसरहरु पनि प्रसस्त प्राप्त भएको देखिन्छ।भ्रमण गर्न अति रुची राख्ने उहाँको बानीलाई मनस्थिति,परिस्थिति,समय,संयोग सबैले साथ दिएझैँ लाग्ने यस नियात्राको यात्रा भित्र पढ्न सकिन्छा।यस पुस्तकमा यात्राको विवरण सरल भाषामा सललल बगेको पाइन्छ।
सरल भाषामा भएर पनि मिठासपूर्ण वर्णनात्मक शैलीमा नयाँ नयाँ जानकारीको रसास्वादन गराउँदै मिठो बनेर अगाडी बढेको यो नियात्रा प्रत्येक यात्रा पढ्न पाठकहरू उत्सुक र लालायित देखिन्छन्।पाठकले बुझ्ने भाषा र सरल शैली नियात्राकारको अर्को सकारात्मक पक्षको रुपमा मैले लिएको छु।यात्रामा हुने अनेकौँ डर,त्रास,अभाव र उत्सुकतालाई नरम सरल तरिकाले व्याख्या गरिएको छ।यात्रा भनेकै घटना नै घटनाका शृङ्खला र विभिन्न अनुभूतिका खजानाहरू हुन् ।जुन कुरा यस कृतिमा प्रसस्त भेटिन्छन्।यिनै कुराहरुलाई आफ्नो विचार, र भावना अनि अनुभूतिसँग सम्मिश्रण गराउँदै यात्राका वृतान्त अघि बढ्छन्। नियात्राकारले धेरै अघिका यात्राहरु पनि भर्खरैको झैं लाग्ने गरि प्रस्तुत गर्नु भएको छ।त्यो पनि नियात्राकार को सुन्दर पक्ष हो भन्ने मेरो बुझाई छ।
जापान,अमेरिका,मेक्सिको र केन्या जस्ता देशहरुको भ्रमणको यात्रा वृतान्तहरु पस्किंदै पचासवटा शीर्षकमा बाँडिएको नियात्रासङ्ग्रह भित्र जापान यात्राका नियात्रा अझै खास देखिन्छ।साधारण र शिष्ट भाषाको प्रस्तुति यात्रामा हुने रोमाञ्चतकता,उत्सुकता,डर,वेचैनी, कौतुहलता र अन्योलको अवस्थालाई सरल र आकर्षण तरिकाबाट व्यक्त गर्न सक्नु लेखको उत्तम खुवी खारिएको देखिन्छ।यात्रा क्रमसँगै नियात्राकारको आफ्ना व्यक्तिगत विचार र धारणाहरू पनि प्रसस्त व्यक्त गरिएको पाइन्छ जुन कुराले गर्दा लेखक स्वतन्त्रता पक्षमा उभिएको देखिन्छ।लेखक भित्र मानवतावादी भावना र देशप्रेमको भावनाले ढाकेका ठाउँ पनि प्रसस्त देखिन्छ।संसारको धेरै देशको आकाश माथि उडेर,ति देशहरुको जमिन टेकेर घुमेका ति सारा अति आनन्ददायक अनुभूतिको संगालो यो उडेको आकाश र डुलेको घर्ती” नियात्रा सङ्ग्रहको पाठक बनेर पढ्ने मात्र नभएर विमोचनको अवसरमा समेत सरिक हुन पाउँदा आफ्नो सौभाग्य ठानेको छआफुले घुम्न र देख्न नपाएका संसारका कयौं स्थानहरु यो नियात्रा पढे पछी सक्दो छिटो हेर्ने उत्सुक्ता बढेको छ।कैयौं स्थान ति यात्रा विवरणबाट नै कल्पना गर्दै घुमेको भान हुन थालेको छ।
नियात्राकार गीता खत्रीको यो “उडेको आकाश डुलेको घर्ती” नियात्रा पाठकको मन भरी सजिंदै साहित्यको विशाल आकाश ढाक्ने छ भन्ने मैले ठानेको छु।यस्ता सुन्दर सिर्जनाहरु जन्मीरहुन लेखक गीता खात्री दिदीलाई हार्दिक शुभकामनाका साथै यो उडेको आकाश डुलेको घर्ती”को लागि हार्दिक हार्दिक बधाई !!
हार्दिक धन्यवाद !
-विमला ढुंगाना निरौला
प्रतिक्रिया