विराटनगर,२० वैशाख।विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ प्रभातफरीको आयोजना गरेको छ।
महासङ्घको कार्यालय कलेज रोडबाट निस्किएको जुलसले ‘ प्रविधिको नियन्त्रित पत्रकारिता’नारा सहित प्रेस स्वतन्त्रता प्ले कार्ड वोकेको सञ्चारकर्मीहरुले हिमालय रोड,महेन्द्र चोक,भट्टीमोड,पुरानो गुद्री,बुधहाट चोक,ट्राफिक चोकको परिक्रमा गरी पुनः कार्यालयमा कोण सभामा परिणत भएको थियो।
प्रभातफेरीमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइराला,विभिन्न छापा,विद्युतीय सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु,विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको रहेको थियो।
सो अवसरमा महासङ्घका मोरङ सभापति सन्जिव खनालले सञ्चारकर्मीहरुले पत्रकार आचार संहिताको पालना गर्दै सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो।
प्रतिक्रिया