ईदुलफित्र हर्षोेउल्लासका साथ मनाइयो

इनेप्लिज २०७९ वैशाख २० गते २२:५७ मा प्रकाशित


विराटनगर,२० वैशाख।ईस्लाम धर्मावलम्वीहरुले महान पर्व ईदुलफित्र आज यहाँ हर्षोेउल्लासका साथ मनाइएको छ।

विराटनगर–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्वीहरुले आज सामूहिक नमाज(प्रार्थाना) गर्नुका साथै एकआपसल अँगालो मारेर इदमुबारक(बधाई तथा शुभकामना) साटासाट गरिएको छ।

गत चैत महिनाको २० गते देखि शुरु भएको रमजानको एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्छन्।शरीरलाई चोखो राखेर मात्र रोज बस्नु पर्छ।दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु,जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो।

कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट,खैनी,गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ।त्याग,तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ।नबालक,बिरामी,घातक रोग लागेका र गर्भवति महिलालाई रोजा बस्न अनिवार्य छैन्।

यसपर्वमा बिर्यानी,पुलाउ,सेबइ,दुग्ध,मासुका परिकार,फलफूल खाने प्रचलन छ।

प्रतिक्रिया