विराटनगर,१९ वैशाख।नेकपा एमाले मोरङले आसन्न स्थानीय तह निर्वाचनमा प्रचार अभियानलाई तीब्र बनाएको छ।
उम्मेदवारहरू ‘सुशासन,समृद्धि र समाजवादको आधार,पालिका–पालिकमा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ।
विराटनगरका महानगरका प्रमुख पदका उम्मेदवार सागर थापा र उपप्रमुख पदकी उम्मेदवार.शील्पा कार्कीले आज वडा ३ र ११ मा आयोजित ‘घरदैलो’ कार्यक्रममा सहभागी हुनुभयो।उहाँहरुले वडा नं.११ स्थित उदयमार्गका डुवान पीडित जनताले उठाएको समस्यालाई नेतृत्वमा आएमा सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
स्मरणीय छ,सो ठाउँका स्थानीयवासी तथा डुवान विस्थापितहरू व्यानर टाँगेरै समस्या समाधानको प्रतिवद्धता खोजिरहेका थिए।
उम्मेदवारद्वयले सुशासन, समृद्धि,विकास निर्माण लगायतका शिक्षा,स्वास्थ्य, खेलकूद,खानेपानी लागयत क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो।
यस्तै प्रमुखका उम्मेदवार थापाले आज विराटनगर– १५ मा सम्पर्क कार्यालयको शुभारम्भ गर्नुभयो।
विराटनगर वडा नं. ४ मा पार्टीको प्रचार अभियान सम्पन्न भएको छ । उक्त वडामा १० हजार ७५१ मतदाता रहेको छन्।वडा नं. ६ का वडाध्यक्ष दिनेश कामतका अनुसार कोणसभा लगायत घरदैलो अभियान सञ्चालन गरेको छ । वडामा १० हजार ५०६ मतदाता रहेका छन्।
वडा नं.७ को सरस्वतीटोल,मालअड्डा लगायतका क्षेत्रमा घरदैलो सम्पन्न भएको छ ।वडामा पाँच हजार १३२ मतदाता रहेका छन्।वडा नं.८मा वडाअध्यक्षका उम्मेदवार राम पोखरेलले जनताको बाटो निर्माणको चाहनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो।यहाँ आठ हजार आठ मतदाता रहेको छन्।
प्रतिक्रिया