म्याक्रोन र जेलेन्स्की बीच कुराकानी , थप सैन्य सहयोग बढ्दै जाने

इनेप्लिज २०७९ वैशाख १७ गते १७:५४ मा प्रकाशित


फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शनिबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग दूरवार्ता(टेलिफोन)मा कुरा गरेको एलिसी दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

म्याक्रोनले राष्ट्रपति जेलेन्स्कीलाई आफ्नो दोस्रो कार्यकालमा युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई पुनर्स्थापना गर्न सक्रिय रूपमा काम गर्ने इच्छालाई पुन: पुष्टि गर्नुको साथै सधैं आफ्ना युरोपेली साझेदारहरू र सहयोगीहरूसँग नजिकको समन्वय कायम राख्ने म्याक्रोन बताए ।

युक्रेनी शहरहरूमा निरन्तर बमबारी र मेरिउपोलमा “असहनीय” अवस्थाको बारेमा चिन्ता व्यक्त गरे भनि उक्त बिज्ञप्तिमा जनाईएको छ ।

म्याक्रोनले जेलेन्स्कीलाई युक्रेनलाई थप सैन्य सहयोग बढ्दै जाने बताए । साथै फ्रान्सले प्रदान गरेको मानवीय सहायता जुन हालसम्म ६१५ टन भन्दा बढी उपकरणहरू रहेका छन् । जस्मा चिकित्सा आपूर्ति, अस्पतालहरूका लागि उत्पादक (जेनेरेटर), खाद्य सहायता, आश्रय सहायता तथा आपतकालीन सवारी साधनहरु भएको एलिसीले उल्लेख गरेको छ ।

म्याक्रोनले अगाडी भने, “युक्रेनी अधिकारीहरूको अनुरोधमा, दण्डहीनता विरुद्ध लड्न र रूसी आक्रमणको सन्दर्भमा भएका अपराधहरूमा अन्तर्राष्ट्रिय न्यायको कामलाई अनुमति दिन प्रमाणहरू सङ्कलन गर्न योगदान पुर्‍याउने फ्रान्सेली विशेषज्ञहरूको लक्ष्य जारी रहनेछ।

प्रतिक्रिया