घेरामा परेको मेरिउपोलमा फसेका करिव १ लाख मानिस मध्येहरु केहीलाई निकाश दिने सम्भावना : नगर परिषद्

इनेप्लिज २०७९ वैशाख १७ गते १७:३७ मा प्रकाशित

घेरामा परेको युक्रेनको बन्दरगाह शहर मेरिउपोलमा फसेका करिव १ लाख मानिस मध्येहरु केहीलाई निकाश दिने सम्भावना बढेको नगर परिषद्ले जनाएको छ । परिषदले कम्तिमा एउटा निकासी मार्ग सुरक्षित गर्न सम्भावित सफलताका संकेतहरू देखिएको बताएको छ

“मेरीयुपोलका बासिन्दाहरूलाई युक्रेनको नियन्त्रित क्षेत्रमा सार्ने आशा छ,” मेरीउपोल नगर परिसदले आफ्नो सरकारी संचार माध्यम टेलिग्राम मार्फत बताएको छ ।

यद्यपि परिषद अझै पुष्टिको लागि प्रतिक्षा गरि रहेका छन् । आज (शनिबार) पोर्ट सिटी(नगर)को एक बिशाल बजार (सपिङ मल)बाट निकासी हुनेछ भनिएको छ।

“कब्जाकर्ताहरूले बायाँ किनारा जिल्ला र शहरका अन्य जिल्लाहरू बीचको दाहिने किनारमा आवतजावत गर्न अनुमति दिएका छन् । आवागमन पुल पारी मुखिनो खुला गरिएको छ,” मेरिउपोल नगर प्रमुखका सल्लाहकार पेट्रो एन्ड्रियुशचेन्कोले टेलिग्राममा भने।

अझै पनि फलाम कारखानामा फसेका मानिसहरू यस निकाशीमा पर्ने छन् कि छैनन् भन्ने स्पष्ट भै नसकेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

कुल मिलाएर लगभग १००,००० मानिसहरू अझै पनि मेरिउपोलमा छन ।

प्रतिक्रिया