खै कसरी बन्ला र मेरो देश ?

सुशील निरौला २०७९ वैशाख १७ गते १०:०३ मा प्रकाशित

पृथ्वीनारायण शाह र बहादुर शाहले त राष्ट्र एकिकरण अभियान मै आफ्नो समय सके । त्यसपछि१०४ बर्ष राणा परिवारको पालपोषण मै देशले समय वितायो । त्यसपछी आएको प्रजातन्त्र केही सिक्न नपाउँदै शाहतन्त्रको कोपभाजनमा पर्यो । ३० बर्ष आफ्नै जयजयकारमा मग्न भएर राजाहरुले शासन चलाए । २०४६ सालमा आएको प्रजातन्त्र माओवादीको जनयुध्दको बली चडेरगयो । तर २०६२/६३ ले ल्याएको राजनैतिक तथा सामाजिक आमुल परिवर्तनले अब देश निश्चयनै सिमित परिवारको चंगुलवाट मुक्त भएर जनताको पक्षमा राज्यसत्ता परिचालन होला र त्यस्लेजनतामा सुख र समृद्धि ल्याउला भन्ने जुन आश गरिएको थियो, नयाँ संविधान बनेपछि हाम्राविध्धमान राजनैतिक पार्टीहरुको कार्य प्रणाली र पार्टीका नेताहरुको सोच हेर्दा देश अगाडी बढ़नेहोईन पछाडी फर्कने क्रममा रहेको आभाष पाईन्छ ।

विभिन्न विचार समुहमा बाँडिएका बामपन्थी विचारधाराका पार्टीहरुले एकता गरेर एकिकृत नेपालकम्युनिस्ट पार्टीको गठन मात्र गरेनन्, नेपालको ईतिहास मै दोश्रो पटक दुईतिहाईको सरकारबनाउन सफल भए ।तर सरकार बनेको केही समय बित्न नपाउँदै आपसी गुटबन्दी र चरम सत्तालिप्साको कारणवाट ३ बर्ष पुग्न नपाउँदै आफैले आफ्नो दुईतिहाईको सरकारलाई अपदस्त गरे ।त्यति मात्र होईन संवैधानिक प्रकृया समेत पुरा नगरी दुई दुई पटक प्रतिनिधी सभाको विगठन गर्दापनि पार्टीको ठुलो पंक्ति धनुषटङकार शैलीमा आफ्नो नेतृत्व प्रति लम्पसार पर्यो । संविधानवनाउने संविधान सभाको नेतृत्व गरेका कानुनविद सुवास नेम्वाङग जस्ता पार्टी पंक्तिले समेत एकशब्द बोल्न सकेनन्।आफ्नै पार्टीको पतन गराउन विभिषण शैलीमा माधव नेपाल देखा परे।म बाहेक अरु विकल्पै हुन सक्दैन र म नै पार्टी हुँ भन्ने आत्मरतिमा रमाएका प्रचण्ड एकिकृत कम्युनिस्ट आन्दोलन विभाजनका कारक बन्न पुगे।ओली,माधव र प्रचण्डको अँहकार तथा सत्तालिप्साको चरम महत्वकांक्षा विच कम्युनिस्ट आन्दोलन तासको घर झै विखण्डन हुन पुगेको छ।

उता आफुलाई प्रजातान्त्रिक धारको एक मात्र विकल्प ठान्ने कांग्रेसको नेतृत्व त्यस्ता व्यक्तिकोहातमा छ जस्लाई आफ्नै पार्टी र कार्यकर्ताको शक्ति प्रति विश्वास छैन।अरु पार्टीवाट आएकाविभिषणहरुको बैशाखी टेकेर बैतरणी तर्ने सपना संजोएर आफ्नै पार्टी र कार्यकर्ताको मानमर्दन गर्नउदत्त छन्।पार्टीमा आशा लाग्दा देखिएका गगन र विश्व प्रकाशहरु बुढो गोरुको झर्ला र खाउँला भनी तिनकै पछि लुरुलुरु हिडेको मात्र देखिएको छ।काग्रेस नेतृत्वको कार्यशैली हेर्दा लाग्छ देशमा कांग्रेसले होईन बिभिषणहरुले शासन चलाईरहेका छन् ।

दर्जनौ पटक टुटदैं फुटदैं र जुटदैं गरेका मधेसवादी दलहरुलाई मधेस के हो ? मधेसका समस्या केहो ? भन्ने संग कुनै मतलब नै छैन।सत्ता प्राप्तिका लागी आफ्नै पार्टीमा असफल सिध्द भएका बाबुराम र अशोक राई जस्ताको बैसाखी टेकेर कसरी सधैं सत्तामा टासिरहन सकिन्छ भन्ने एक सुत्रिय सोचमा मग्न छन् ।यीनीहरु मधेस र जनजातिहरुको लागी त खडा हुन सकेका छैनन् भनेदेशको लागी यीनीहरुवाट हुन सक्ने योगदानको कल्पना गर्नु पनि व्यर्थ हुन्छ ।

बागमतिमा धेरै पानि बगिसकेको छ।तर राप्रपाको नयाँ नेतृत्व विगतको तानाशाहीको तारिफ गरेरर धर्मलाई राजनितिसंग जोडेर नयाँ परिवर्तनको बाहक हुनेछु भन्ने गफ हाँकेर हिडेका छन्।मोवाईल फोन बोकेर हिडने आजको नयाँ पुस्तालाई अपरेटरसंग अनुरोध गरेर कुरागर्नु पर्ने फोन जडान गरेर तिम्रो भबिष्य बनाई दिनेछु भन्ने कुरा कतिले पत्याई देलान र यीनले सत्तामाकाविज हुने मौका पाउने हुन ? नेतृत्व युवा भएर मात्र हुदैन सोच र दुरदृष्टि भएको पनि हुनुपर्छ अनीमात्र परिवर्तन हासिल गर्न सकिन्छ भन्ने ज्ञान यीनलाई कहिले आउँने हो ?

आफ्नै पार्टी कार्यकर्ताले ब्यालेटको भकुन्डो हानेर हुत्याई दिएका थापाकाजी आफुले नै क्रियाक्रम गरेर बिसर्जन गरेको राप्रपा नेपाल नामको पार्टीलाई जगाउने प्रयास गर्दैछन्।तर म नै पार्टी हुँ र म विना अरु कोही हुन सक्दैन भन्ने अँहम पालेका यीनी पनि एमालेको बैसाखी मात्र होईन कोक्रामा बसेर कहाँ सम्मको यात्रा गर्न सक्लान् ?

बाद बाँकी पार्टी र तिनका नेतृत्वको बारेमा शब्द खर्चनु जनतालाई दिक्क लगाउनु मात्र हो भन्ने मेरोसोचाई छ।

यस्तो विषम राजनिति देखिरहेको र अनुभव गरिरहेको नेपाली जनताको मनमा खै कसरी बन्ला रमेरो देश ? भन्ने चिन्ता आउनु स्वभाविक छ।तर समस्याहरु विच बाटै समाधान खोज्न सक्नु पनिपर्छ।किनकी राजनिति विना राज्यको कल्पना गर्न सकिदैन र राज्य विना समाज व्यवस्थाकोविकास गर्न पनि सकिदैन । मानिस सामाजिक प्राणी भएकोले समाज विना मानिसको जिवन चक्रअगाडी बढन सक्दैन।

हामीसंग विकल्प सिमित छन्।खरावहरु मध्येवाट कम खरावहरुलाई चुन्नु पर्ने हाम्रो बाध्यता हो।त्यसैले शक्ति र संगठनको हिसावले नेपाली कांग्रेस र एमाले मात्र त्यस्ता राजनैतिक शक्ति हुनजस्ले एक्ला एक्लै आफ्नै बलवुतामा राज्य हाक्ने शक्ति र सामर्थ्य राख्छन ।यी दुवै दलले झिनामसिना दलहरुको बैसाखी त्यागेर राजनैतिक संग्राममा जाने हो भने देश दुईदलिय प्रणालीमा आफसे आफ प्रवेश गर्नेछ।जस्ले गर्दा लामो समय देखि रहेको राजनैतिक अस्थिरता समाप्त भएरजान्छ।यदी यी दुवै दलले आगामी १०/१५ बर्षको राजनितिलाई दृष्टि दिएर आज निर्णय गर्न सकेआजका दिनमा राजनैतिक जोड घटाउ जस्तो आए पनि दीर्घकालमा यी दुवै पार्टी सशक्त भएरजानेछन्।यी दुई पार्टीको सशक्ततामा हाम्रो देशको भबिष्य उज्ज्वल हुनेछ भन्ने मेरो बुझाई छ।

यदी राजनैतिक दलहरु तत्काल बैसाखी छोडने कोशिश गर्दैनन् भने हामी जनताको कर्तव्य के होभने यी दुई पार्टीका राजनैतिक कर्मीहरुलाई मात्र आफ्नो अभिमत दिएर यीनीहरुलाई सोच्न बाध्यपार्न सक्नेछौ।

-सुशील निरौला

अप्रिल ३०,भक्तपुर ।

प्रतिक्रिया