युक्रेनमा रुसको आक्रमणबाट महिला पत्रकार तथा निर्माता विरा हाइरिच मारिएकी छन । युक्रेनी पत्रकार विरा हाइरिच फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि मारिने संचार माध्यमको २३ औं सदस्य हुन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो रात्रि सम्बोधनमा उनि मारिएको बताए ।
युक्रेनको राजधानी कीभको आर्टेम प्लान्ट(कारखाना )मा क्षेप्यास्त्र हमलाका कारण हाइरिचको मृत्यु भएको कीभ प्रहरीका प्रवक्ताले बताए। कीभका नगर प्रमुख ले प्रारम्भमा कुनै हताहत नभएको जानकारी दिएपछि ५४ वर्षीय विरा हाइरिचलाई शुक्रबार बिहान उद्धार कार्यमा पहिचान गरिएको थियो।
विस्फोट र त्यसपछिको आगलागीका कारण कार्बन मोनोअक्साइडको विषाक्ततामा घाइते भएका छ जनालाई अस्पताल भर्ना गरिएको छ।
रुसी रक्षा मन्त्रालयले शुक्रबार आक्रमण भएको पुष्टि गरेको छ । रेडियो लिबर्टीकी पत्रकार र निर्माता विरा हाइरिच कीभमा बस्ने घरमा रूसी क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु भएको थियो। अप्रिल २८ मा कीभमा उनको आवासगृहमा प्रहार गरेको रुसी क्षेप्यास्त्रले हाइरिचको मृत्यु भएको थियो भने उनको शव अप्रिल २९ का दिन भग्नावशेषमुनि भेटिएको थियो ।
हिजोको रुसी क्षेप्यास्त्रले कीभमा गरेको गोलाबारीको परिणाम स्वरूप २५ तले आवासीय भवनको पहिलो र दोस्रो तल्ला आंशिक रूपमा ध्वस्त भएको थियो र त्यहाँ आगो लागेको थियो।
प्रतिक्रिया