अनाथको आशीर्वादसँगै चुनावी अभियानमा कन्थमनि कलवार

इनेप्लिज २०७९ वैशाख १५ गते २१:५६ मा प्रकाशित

 

रौतहट,रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुख प्रत्याशी कन्थमनि प्रसाद कलवारले अनाथसित आशीर्वाद लिएर चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन्।रौतहटको गरुडा ४ मा रहेको वंशीराम जयसवाल अनथालयमा विहीवार बिहान पुगेर अनाथालय संस्थापक वंशीराम जयसवालको आशीर्वाद ग्रहण गरेका एमाले उम्मेदवार कलवारले अनाथालयका बालबालिकासित आशीर्वाद लिएका छन्।अनाथ बालबालिकाले एकै मुखले उम्मेदवार कलवारलाई विजयको शुभकामना दिएका छन्।

अनाथालय पुगेका एमाले उम्मेदवार कलवारले अनाथालयमा भवनको अभाव रहेकोले अनाथ बालबालिकाको आबासको लागि अर्को व्यवस्थित भवन बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।उम्मेदवार कलवारले आफ्नो घोषणापत्रमा पनि अनाथालयलाई व्यवस्थित गरी अनाथ बालबालिकालाई स्नातकसम्म निशुल्क शिक्षा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

विगत पाँच वर्षदेखि प्राकृतिक तथा मानवीय समस्या र चाडपर्वहरुमा गरिबलाई निरन्तर आर्थिक तथा भौतिक सहयोग गर्दै आएका कलवार लोसपाको केन्द्रीय सदस्य परित्याग गरी एमालेका अध्यक्ष केपि शर्मा ओलीबाट टीका लगाई मेयर पदका उम्मेदवार बनेका हुन्।

यसअघिको चुनावमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा गरुडा नगर प्रमुख पदमा कलवारले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया