विराटनगर –११ को वडाध्यक्षमा निर्मल तामाङ्गको स्वतन्त्र उम्मेदवारी

इनेप्लिज २०७९ वैशाख १३ गते २१:५० मा प्रकाशित

विराटनगर,१३ वैशाख।स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा देशभर विषय विज्ञ तथा स्वच्छछवि भएको भनि चिनिएका व्यक्तिहरुले उम्मेदवारी दिन थालेका छन्।

यहि क्रममा विराटनगर महानगरपालिका वडा नं ११ बाट निर्मल तामाङ्गले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ।

विराटनगर–११ का मतदाता मतदाता तथा सामाजिक व्यक्ति बसन्त अधिकारीले मतदानका लागि जनताले राम्रो विकल्प खोजिरहेको अवस्थामा स्वच्छ छवि भएका तामाङले उम्मेदवारी दिनु खुसीको कुरा भएको बताउनु भयो।

उहाँले भन्नु भयो –जनताको मतको सदुपयोग नभईरहेको अवस्थामा राम्रो मानिसले उम्मेदवारी दिदा यसले वडाको विकास निर्माणमा आशा दिएको छ।

तामाङ्ग विगत तीन दशक देखि सुचना प्रविधि तथा विकास विषयका विज्ञका रुपमा सक्रिय हुनुहुन्छ।

उहाँले विपद व्यवस्थापन,पारदर्शीता र सुशासनका विषयमा विभिन्न कार्यहरु गर्दै आउनु भएको छ।

तामाङ्गले नेपालमा गएको महाभुकम्पको समयमा सञ्चालन गरेको र्यापिड रेस्पोन्स टिम नेपालकै उत्कृष्ट तीन प्राविधिक समुह मध्ये परेको थियो भने उक्त्त समुहले दक्षिण एसियाली क्षेत्रमा प्रदान गरिने ईएनजिओ अवार्डको स्पेशल अवार्ड समेत प्राप्त गरेको थियो।

आफुलाई जनताले मत दिएर विजयी गराउने दाबी गर्नु हुदै तामाङ्ले भन्नु भयो–वडाध्यक्ष भएपश्चात जन्म÷मृत्यु जस्ता घटनादर्ता, गर्भवतीको पोषणभत्ता÷ बृद्धभत्ता÷अपाङ्गभत्ता जस्ता सामाजिक सुरक्षा भत्तालगायत वडाका अधिकांश सेवा झन्झटमुक्त रुपमा जनताको घर मै गएर प्रदान गर्ने प्रतिवद्धता जनाउनु भएको छ।

उहाँले पारदर्शीताका लागि वडा समितिका बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने,वडाका प्रगति विवरण र आयव्यय मासिक रुपमा सार्वजनिक गर्ने,सेवक वडा कार्यालयको मान्यतालाई पालना गर्ने र आवधिक योजना बनाई काम गर्ने बताउनु भएको छ।

प्रतिक्रिया