प्रवासमा विश्व बाल साहित्य सम्मेलन र बाल तारा पुरस्कारले सम्मान !

इनेप्लिज २०७९ वैशाख १३ गते ९:४४ मा प्रकाशित

प्रवासमा पनि धुम धामले बाल साहित्य सम्मेलन संपन्न गर्न सफल भएको छ अनेसासको बाल तारा समुह । बरिष्ठ बाल साहित्यकारहरुका साथै प्रवासका बालबालिकाको अत्याधिक सहभागितामा यही अप्रिल २२ र २३ दुई दिन गरेर अनेसासले विश्व बाल साहित्य सम्मेलन सम्पन्न गरेको हो । प्रवासका बाल प्रतिभाहरुको कदर गर्दै प्रवासमा रहेर भाषा, साहित्य र संस्कृतिको योगदान दिने सात बाल प्रतिभालाई बाल-तारा पुरस्कारबाट सम्मानित गरेको छ । बरिष्ठ बाल साहित्यकार रामबाबु सुवेदीको प्रमुख अतिथ्यमा संचालित उक्त सम्मेलनको पहिलो दिनको वा पहिलो सत्रको सभापतित्व अनेसास केन्द्रको अध्यक्ष प्रकाश पौडेल माईलाले गर्नु भएको थियो भने बाल साहित्यका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । बरिष्ठ उपाद्यक्ष गोवर्द्ध पूजाले स्वागत गर्नु भएको पहिलो सत्रमा बालतारा कार्यक्रमकी संयोजक विमला ढुंगानाले निरौलाले कार्यक्रम संचालन गर्नु भएको थियो । साना भाइ-बहिनीहरुको मिठो-मिठो आवाजमा नेपाली राष्ट्रिय गान, गायत्री मन्त्र, गणेश बन्दना र सरस्वती बन्दाना बाट आरम्भ भएको सम्मेलनको प्रथम दिनमा बिओटी सभापति गीता खत्री, संस्थापक अध्यक्ष होमनाथ सुवेदीका शुभकामाना, साथै विभिन्न विद्वानहरुले आफ्नो-आफ्नो बिचार राख्नु भएको थियो । अनेसास बिओटीका सचिव शिव लामिछानेले प्रवासमा बाल साहित्यको अवस्थाको बारेमा कार्य-पत्र प्रस्तुत गर्नु भएको थियो । केन्द्रिय उपाध्य़क्ष राजेन्द्र श्रेष्ठले बाल-तारा पुरस्कारबाट पुरस्कृत हुने अमेरिका, जापान, अस्ट्रेलिया र युरोपका भाइ बहिनीहरु छ जना र एउटा एभरेष्ट म्युजिक ब्रान्डको नामहरु पनि पढेर सुनाउनु भएको थियो । वंहाले छनोट प्रक्रियाको बारेमा पनि प्रष्ट पार्नु भएको थियो ।

सम्मेलनमा सहभागी पुराना बाल सर्जकज्यूहरु कृति ज्ञवाली र सुलेखा भण्डारीले पनि आफुले प्रवासमा बाल अवस्थामा लेखेको पुस्तक र बाल साहित्यको कुरा र अनुभवको ब्यख्या गर्दै यस्तो कार्यक्रमले बाल मनोबल बढ्ने छ भन्दै कार्यक्रमको प्रशंषा गर्नु भयो। बाल कार्यक्रम अर्थात बालप्रतिभाको उत्कृस्ट संचालन भर्जिनियाबाट बाल सह-सहजकर्ता कन्चन दाहालले गरेकी थिईन । अमेरिका, क्यानाडा नेपाल र बिशेष गरेर अष्ट्रेलिया र जापानको अत्याधिक बाल प्रतिभाहरुको प्रस्तुति अति सुन्दर देखिन्थ्यो । रागवी पाठक, मनश्वी चापागाईं, रिभा शाह, आयाम घिमिरे, सरिना सैंजु, प्राची सापकोटा, आर्यन पोखरेल, वृष्टी दवाडी, विदुषी बस्याल, मानव कोइराला र मानुषी कोइराला जस्ता बाल प्रतिभा अष्ट्रेलियाको विभिन्न स्थानबाट जोडिएर विभिन्न विधामा प्रस्तुत भएका थिए भने जापानका बाल सहभागीहरुमा असल केसी , सगुन सापकोटा,जेनिशा थापा,मेलिस्का अधिकारी, रिजन थापा, अभिषेक पन्त, सिफासा सापकोटा, दिपिका कंडेलहरुको उस्तै भिन्दा भिन्दै र आकर्षण प्रस्तुति देखाउन सफल थिए । नेपालबाट प्रबिण चन्द, क्यनाडा बाट सम्पदा दुलालको पनि सहभागिता रहेको थियो । कबिता, कथा, निवन्ध, नृत्य, गाएन , बाध्यवाधन, हाइकु र चित्रकला समावेश भएको इन्द्रेणी रंग जस्तो सबै खाले बाल प्रतिभा भएकोमा खुसि व्यक्त गर्दै बिशिष्ठ अतिथि बरिष्ठ बाल साहित्यकार प्रभा भट्टराईले डालीमा सजाएको सुवासित रङ्गीन फुलहरु जस्तो मोहक भन्दै मुक्त कण्ठले प्रशंषा गर्नुभयो । बालसाहित्यकार लालगोपाल सुवेदीले प्रबासको बाल साहित्यको बारेमा भन्नु भएको थियो भने, इन्दिरा दलीले बाल साहित्य सम्रक्षण र बाल पुस्तकालयको बारेमा भन्नु भएको थियो । केन्द्रिय सदस्य महेश्वर शर्माले अष्ट्रेलियाको बाल साहित्यको कार्य पत्र प्रस्तुत गर्नु भएको थियो भने यस सम्मेलन अष्ट्रेलिया संयोजक डा प्रकाश पौडेलले प्रवासमा बाल साहित्य माथिको आफ्नो धारणा राख्नु भएको थियो ।

जापानबाट बाल साहित्यको बिषयमा बोल्दै एभरेष्ट स्कुलका संथापक डा भूपालमान श्रेष्ठले बोल्नु भाएको थियो । जापान च्याप्टर अध्यक्ष रबिन शर्मा र जापान च्याप्टरबाट प्रदिप थापाले पनि जापानको बाल साहित्य बारे मन्तब्य राख्नु भएको थियो । बिओटी सल्लाहाकार रोहिणी शर्मा, बिओटी उपसभापति पदम बिश्वकर्मा, क्यानाडा च्याप्टरकी अध्यक्ष तारा उप्रेती, पूर्व केन्द्रिय अध्यक्ष सरला श्रेष्ठ लगाएत थुप्रै विद्वान बिधुषीको उपस्थिति रहेको उक्त कार्यक्रम लगभग चार घण्टा तिस मिनट सम्म चलेको थियो । धेरै वटा संचारका माध्यमबात प्रत्क्ष्य प्रसारण रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि रामबाबु सुवेदीले अति सुन्दर कार्यक्रम भएको कुरा व्यक्त गर्नुहुँदै सम्पूर्ण सहभागी बाल बाकालिकाहरुलाई हौषलादिने खाले अभिव्यक्ति दिनुभयो ।

उपस्थित सम्पूर्णलाई हार्दिकता प्रकट गर्दै उपाध्यक्ष राजेन्द्र श्रेष्ठले मिठो धन्यवाद ज्ञापन गर्नुभएको थियो भने अन्त्यमा बालसम्मेलनको बिबिध पक्ष समेटेर समेटेर मनतब्य राख्दै कार्यक्रमको समापन केन्द्रिय अध्यक्ष तथा उक्त कार्यक्रमको सभापति प्रकाश पौडेल माईलाद्वारा भोलीको सभामा सबैलाई सहभागी हुन अनुरोध गर्दै पहिले सभा बिसर्जन गर्नु भएको थियो ।

यसै गरि दोस्रो दिन अर्थात दोस्रो सत्र बैशाख दश गते साँझको सत्र वा अमेरिकाको अनुसार अप्रिल २३ गते अनेसास विश्व बाल साहित्य सम्मेलनको दोस्रो दिन पनि उत्तिकै भव्यता र सब्यताको साथ कार्यक्रम सम्पन्न भएको छ । अनेसासले साप्ताहिक गर्दै आएको साहित्य संवादको ९८औँ सृंखला पारेर गरिएको यस सम्मेलन केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माईलाको सभापतित्वमा संचालित थियो । उक्त कार्यक्रमको संचालिका संयोजक विमला दुंगाना निरौला नै हुनुहुन्थ्यो भने प्रमुख अतिथि बाल तथा छन्द साहित्यकार डा देवी नेपाल रहनु भएको थियो । बिशिष्ठ बक्ताहरु बरिष्ठ बाल साहित्यकार लक्ष्मी उप्रेती, बरिष्ठ बाल साहित्यकार अनन्त वाग्ले ,बरिष्ठ बाल साहित्यकार सुरेन उप्रेती कयानडाबाट हुनुहुन्थ्यो । केन्द्रिय महासचिव सर्वज्ञ वाग्लेले मिठो स्वागत गर्नु भयो भने बाल कवि सचिन चापागाईंले स्वागत गीतले पनि स्वागत गरेका थिय । बिशेष गरि युरोप र अमेरिकाका बाल सहभागिताहरु अत्याधिक रहेको भए पनि अस्ट्रेलिया र नेपालको पनि सहभागिता देखिन्थ्यो । स्पेनबाट बाल सहभागी लिदिया भुसालको नेपाली राष्ट्रिय गान पछी भर्जिनियाका बाल सहभागीहरु आभाष अर्यालले गायत्री मन्त्र र अहना अधिकारीले गणेश र सरस्वती बन्दाना सुनाएका थिय । त्यसै गरी विभिन्न स्थानबाट भाइबहिनीहरुले आ-आफ्नो प्रतिभा देखाएका थिय । संस्थापाक अध्यक्ष होमनाथ सुवेदीले बाल तारा कार्यक्रम र बालतारा पुरस्कार स्थापन गरेकोमा अति खुसी व्यक्त गर्दै बालतारा पुरस्कारबाट सम्मानित हुनेहरुलाई बधाई दिनु भयो । अस्ट्रेलियाबाट सरिना सैंजु, बेलायतबाट अगत खरेल, प्राजिश गुरुङ्ग, अंशु सुवाल ,स्पेनबाट अदिति रेग्मी, आयुषी भण्डारी र लिदिया भुसाल को सहभागिता थियो भने, कोलोराडोबाट बिभोर अधिकारी, न्युयोर्क बाट रिसव श्रेष्ठ, भर्जिनियाबाट रोजी गौतम, कन्चन दाहाल, अनही वाग्लेको सहभागिता थियो। त्यस्तै रोहित, रबिन शर्मा, प्रजी गुरुङ्ग, सबैको सुन्दर प्रस्तुति रहेको थियो । बिभिन्न विधा मिसीएका प्रस्तुति सांच्चीकै फूलबारीका रङ्गीन बास्न्दर फूल झैँ देखिन्थे ।

बरिष्ठ बाल साहित्यकार लक्ष्मी उप्रेतीले बाल साहित्य लेखनमा महिलाको भूमिका र बरिष्ठ बाल साहित्यकार अनन्त वाग्लेले दुर्गममा बाल साहित्यको अवस्थाको बारेमा प्रकाश पर्नु भयो भने बरिष्ठ बाल साहित्यकार सुरेन उप्रेतीले प्रवासमा बाल साहित्यको प्रयासहरु, देखिने समस्या र चुनौतीको बारेमा आफ्नो विचार राख्नु भएको थियो । बिओटीका सल्लाहकार रोहिणी शर्मा, बिओटी उपाध्यक्ष पदम बिश्वकर्मा, पूर्व अध्यक्ष सरला श्रेष्ठले पनि शुभकामना राख्दै कार्यक्रमको सफल भएको भन्दै खुसी व्यक्त गर्नु भयो । प्रवधि सहयोगी उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बालतारा पुरस्कारका प्रमाण-पत्रहरु पढेर सुनाउनु भयो । केन्द्रिय सदस्य माया गुरुङ्ग, केन्द्रिय सदस्य महेश्वर शर्मा, डा कृष्ण सुवेदी, पूजा अधिकारी, सकुन्तला अधिकारी, गीता बजगाईं, बोओटीका सचिव शिव लामिछाने, रोहित , प्रबिण चन्द, शारदा पौडेल निशा, सैंजु सर, गङ्गा कर्माचार्य लगाए उपस्थित धेरै जनाको उल्लासमय सहभागिता रहेको थियो ।

केन्द्रिय कोषाध्यक्ष कृष्ण कुमार गिरीबाट छ बुंदे घोषणा पत्र समेत प्रस्तुत गरेर अनेसासले प्रवासमा बाल साहित्यको नौलो मात्र हैन सुनौलो आयाम थपेको छ । प्रवासमा रहेका बाल बालिकाको बेजोड प्रस्तुतिमा हर्ष बिभोर हुँदै प्रमुख अतिथि डा देवी नेपालले कार्यक्रम अति सुन्दर मान्दै सम्पूर्ण सहभागी भाइ बहिनीको छुट्टाछुट्टै मुल्याङ्गकन र प्रशंषा गर्नु भयो। प्रवासका बाल साहित्यलाई आगाडी लाने धेरै सम्भावनाका चर्चाकासाथ आफुले आवस्यकता परेमा जुनसुकै सहयोग गर्न पनि तयारी रहेको कुरा पनि उल्लेख गर्नुभयो । अन्त्यमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोवर्द्ध पूजाले सबै सहभागी हरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । सभापति केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माईला द्वारा लगभग चार घण्टाको कार्यक्रम समापन गरिएको घोषणा गरिंदै दुईदिने अनेसास विश्व बाल साहित्य सम्मेलन भब्यताको साथ समाप्त भएको छ बालतारा समुह र अनेसास केन्द्रलाई अनेसासलाई हार्दिक बधाई !!

प्रतिक्रिया