युक्रेनसँगको सीमा नजिकै रहेको रुसी ब्रायनस्क क्षेत्रमा रहेको तेल भण्डारमा आगलागी

इनेप्लिज २०७९ वैशाख १२ गते ११:३२ मा प्रकाशित

युक्रेनसँगको सीमा नजिकै रहेको रुसी ब्रायनस्क क्षेत्रमा रहेको तेल भण्डारमा आगलागी भएको छ ।

मस्कोको दक्षिणपश्चिममा रहेको ब्रायनस्क क्षेत्रमा एउटा तेल भण्डार जलेको रुसी समाचार संस्थाले जनाएको छ ।

आगो लागेको स्थानमा उद्धार टोलीहरू पठाइएको छ।

रुसी आपतकालिन मन्त्रालयले “थप जानकारी पुष्टि भैरहेको” उल्लेख गरेको छ ।

युक्रेनी सिमानाबाट १५० किलोमिटर टाढा रहेको शहर ब्रायन्स्कको ट्रान्सनेफ्ट ब्र्यान्स्क-द्रुज्बा इन्धन ट्याङ्कीमा आगलागी भएको हो ।

त्यहाँ कुनै हताहत भएको छैन भने आगलागीको कारणहरू पत्ता नलागेको  रुसी संचार माध्यमहरुले बताएका छन् ।

आगलागी भएको स्थानमा उद्धार र दमकलको टोली पठाइएको छ ।

रुसी सञ्चारमाध्यमले जारी गरेको तस्बिरलमा ब्रायनस्क आकाश रातो आगो रा र धुवाँको बाक्लो मुस्लो देखाएको छ।

प्रतिक्रिया