विराटनगर महानगरपालिकामा तीन प्रमुख सहित ५६ जनाको उम्मेदवारी दर्ता

इनेप्लिज २०७९ वैशाख ११ गते २२:१४ मा प्रकाशित

विराटनगर,११ वैशाख।विराटनगर महानगरपालिकामा विभिन्न राजनीति दलले महानगर प्रमुख,वडा अध्यक्ष र सदस्यहरु गरी ५६ जनाले आज कार्यालय समयसम्ममा उम्मेदवारी दर्ता गराउनु भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा अरुणकुमार मण्डल,स्वतन्त्रबाट उमेशकुमार यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराउनु भएको कार्यालयका सुचना अधिकारी हेमबहादुर वुढाथोकीले वताउनु भयो।

यस्तै वडाअध्यक्षमा १८ जना र सदस्यहरुमा ३५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ।उम्मेदवारी दर्ता गराउने राजनीतिक दलहरुमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल सदभावना पार्टी,विवेकशिल साझा ,पिछडावर्ग,निषाद,दलित,जनजाति पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेको सूचना अधिकारी वुढाथोकीले बताउनु भयो।

उम्मेदवारी दर्ताका लागि धरौटी रकममा महानगर प्रमुख र उपप्रमुखका लागि रु एक हजार पाँच सय,वडा अध्यक्षका लागि रु एक हजार र वडा सदस्यका लागि रु ५०० रहेको छ भने दलित र महिलालाई ५० प्रतिशत छुट गरिएको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत अधिकृत भरत लम्सालले उम्मेदवारी दर्ता सहज एवं सुरक्षित ढंगले भएको बताउनु भयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाको विशेष व्यवस्था गरिएको छ।

यस्तै मोरङको वुढीगंगा गाउँपालिकाका साँझ पाँच बजेसम्ममा अध्यक्ष,उपाध्यक्ष गरी ४६ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ। उक्त्त गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष,उपाध्यक्ष,वडाअध्यक्ष र सदस्यहरु गरी सबै पदमा उम्मेदवारी दर्ता गराएको सूचना अधिकृत वुढाथोकीले बताउनु भयो।यस्तै लेटाङ नगरपालिकामा प्रमुख पदमा दुई,उपप्रमुखमा एक,वडाध्यक्ष दुई र सदस्यमा आठ गरी १३ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ।

मोरङको धनपालथान गाउँपालिकामा साँझ पाँच बजेसम्म कसैको उम्मेदवारी दर्ता नभएको बताइएको छ।

प्रतिक्रिया