सेलाे लाेक छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२४” सम्पन्न

इनेप्लिज २०७९ वैशाख ११ गते २१:४६ मा प्रकाशित
काठमाडाें, टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२४” सम्पन्न भएकाे छ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका बिभिन्न देशहरूबाट २७ नेपालीभाषि सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

छन्दमा टुक्का अभ्यास श्रृङ्खला बिभिन्न छन्दहरू सिकाउदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यले टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।

यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत सेलाे छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले उत्साहपूर्वक सेलाे लाेक छन्दमा सुन्दर तथा चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~ सेलाे छन्द सूत्र २+२+३ = ७ अक्षर

[१]
१.
भएँ म त बेकामे,
गोजी रित्तो छ छामे।
२.
रुपैयाँमा बिकेका,
न्याय सबै मिचेका।
✍️ अनिल खग्रास

[२]
१.
कथा लेख गमेर,
मजासँग रमेर ।
२.
बस अब पढेर,
तला माथि चढेर ।
३.
तल माथि नगर,
खेल्न जाऊ बगर ।
४.
माया गर्छु भनन,
मन भित्रै गनन ।
५.
आहा राम्रो देखियो,
चित्र दामी लेखियो ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[३]
१.
माया गर्ने भनेर,
तिमी लाई गनेर ।
२.
यता पनि हेर्देऊ,
माया लेनै बेर्देऊ।
३.
सबै छोडी आउन,
कतै घुम्न जाउन ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं

[४]
१.
आमा तिमी महान,
तिम्रा हामी  जहान।
२.
खाजा मीठो खाएर ,
खुशी पार्छौ गाएर।
३.
माया तिम्रो पाएर,
आए म त धाएर।
४.
शिक्षा धेरै दिएर,
राम्रो बानी लिएर।
✍️ दुर्गा आचार्य
मोरङ

[५]
१.
खुट्टा तान्ने तानुन,
खै के गर्ने जानुन।
२.
साथ दिन छाेडेर ,
गयाै बाटाे माेडेर।
३.
माया भन्दै फसियाे
बाटाे हेरी बसियाे।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[६]
१.
पढी गुनि लेखेर,
काम गर्नु देखेर।
२.
झुट्टा कुरा नबोल,
मन पेट  नखोल।
३.
सत्य बोल नढाँट,
बोझ ठूलो नअाँट।
४.
मन हुँदा जलेको,
जिउँ त्यस्सै गलेको।
५.
मीठो वाक्य बोल्नुस्,
माया त्यही  घोल्नुस्।
✍️ होम प्रसाद नेउपाने
सुनसरी

[७]
१.
समयमा आइनाै ,
भेट गर्न पाइनाै ।
२.
ध्येय थियाे भेटने ,
भाेक प्यास मेटने ।
३.
समयकाे हुरिले ,
टाढा पार्याे दूरिले ।
४.
मिर्मिरेकाे अँधेराे ,
शुन्य पानी पँधेराे ।
५.
सुनकाेशी शिरैमा ,
किन बस्ने पीरैमा ।
६.
हाँसीहाँसी जिउँला ,
ढिडाे फाँडाे पिउँला ।
७.
करेसामा खेसरी ,
मायाँ गर्छु बेसरी ।
✍️ रामकृष्ण दुवाडी
पोखरा

[८]
१.
कालो कालो कपाल ,
तिम्रो बैँस समाल ।
२.
उर्लि आयो जोवन ,
नगर है दोमन ।
३.
मीठो मीठो बोलेर ,
दिल तिम्रो खोलेर ।
४.
माया हामी गरौँला ,
अन्त कतै सरौँला ।
५.
चारै तिर  घुमेर ,
थाके म त डुलेर ।
६.
हात खुट्टा धोएर ,
बस्नु हुन्न रोएर ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका  ४ झापा

[९]
१.
चाेखाे मेरो जाेवान,
हुन्छ कि त दाेमन।
२.
राम्रो सँग बाेलन
मन पेट खाेलन।
३.
दु:ख सुख गराैला,
गाउँ तिर सराैला।
४.
मायाले बेरिदेउ,
यता नि हेरिदेउ।
५.
मेरो घर आउन,
गाउँ  तिर जाउन।
६.
बाबा आमा भनेर,
एक दुई गनेर।
७.
मिठो गीत गाएर,
खाजा राम्रो खाएर।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[१०]
१.
नाता जोड सोधेर,
साथी बन खोजेर।
२.
धन आफ्नो मुठीको,
मन्दिर छन् गुठीको।
३.
कान राम्रो सुनेर,
कार्य गर गुनेर।
४.
रोजगार खोजन,
आफैं युवा सोधन।
५.
काल आयो खोजेर,
प्राणी लान्छ रोजेर।
६.
गर्मी बढ्यो दिनमै,
जाडो गयो छिनमै।
७.
माया लाई गयौनी
बिरानु पो भयौनी
८.
बोली मीठो बोलेर
बसौं दिल खोलेर
९.
कति मीठो बोलेको
भित्री मन खोलेको
१०.
अब माया लाउँदै
जाउँ गीत गाउँदै
✍️ बेदु न्यौपाने
काठमाडौ ।

[११]
१.
माया धेरै नगर,
पर्ला व्यर्थै अबर ।
२.
कर्म तिम्रो कमाल,
मायालाई समाल ।
३.
काम गर्छु असल,
बढ्नु पर्छ फसल।
४.
बिना कर्म चाहेर,
पाइदैन मागेर ।
✍️भगवती दवाडी
दमक, झापा ।

[१२]
१.
कस्तो राम्रो  कामना,
बुझौं   मन  भावना।
२.
कति राम्रो छ बानी,
श्रृङ्गारीक   जवानी।
३.
गरिछ्यौ नि रटान,
दिन  पल  खटान।
४.
कहाँ जाने छोडेर,
मन त्यसै   मोडेर।
५.
सँगसँगै   बसौँला,
भस्म लेप घसौँला।
६.
अन्त कतै  नजाऊ,
खाना खाउ पचाऊ।
७.
मिठो मीठो खाउली,
मामाघर   जाउली।
८.
जामा किन्ने पसल,
जात चिन्ने असल।
९.
कति छिट्टै फुर्केकी,
खेल्दै पढ्दै हुर्केकी।
१०.
लुटुपुटु  गरेर,
चित्र कोर भरेर।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[१३]
१.
जन्ती गाको लाउरे,
खान नपाई चाउरे।
२.
डम्फू सेलो घेरौली,
लान्छु कान्छी हेरौली।
३.
खोला पारी बजार,
लान्छु भन्ने हजार।
✍️ गुणनिधि घिमिरे
माेरङ्ग, हाल अमेरिका

[१४]
१.
खेलो भयो नेताको,
मूल्यहिन फेटाको।
२.
भ्रष्टाचार गरेको,
भोट लिन मरेको।
३.
झुट बल्यो नेताले,
गाउँ घरे ठिटाले।
४.
छैन यहाँ बिकास,
देश भरी निकाश।
५.
कती मिठो बिचार,
मन भित्र संसार।
६.
हिंडे घाउ बोकेर,
ताल पनि ठोकेर।
७.
आयो फेरी चुनाव,
छैन खासै लगाव।
८.
पर देश बसेर,
अब फर्कि नहेर।
✍️ सुरेशकुमार पान्डे।
दाङ घोराही-१८

[१५]
१.
बोले माया बाटिन्छ,
खोले जिब्रो चाटिन्छ।
२.
न्याय भए लुला झन्,
दुम्सी लुक्ने दुला छन्।
३.
बिहानीमा भेटियो,
माया छाती रेटियो।
४.
विदेशियो लाहुरे,
भाले बन्यो चाउरे।
५.
कुमारी छिन् कुसुम,
भृङ्ग गर्छन् उधुम।
६.
आश्वासन बोकेर,
नेता आए खोकेर।
७.
न्याय मर्यो देशमा,
माफी हत्या केसमा।
८.
देशभित्र घुसेको,
सामन्तीले चुसेको।
९.
गुमाएर साइत,
बूढीकन्ने माइत।
१०.
भयो रित्तो भकारी,
नेता बसे डकारी।
✍️ रामशरण न्यौपाने
भक्तपुर ।

[१६]
१.
तिमी ठाउँ सरेर,
माया गयो टरेर।
२.
साथ साथै जिउँला,
माया प्रिती सिउँला।
३.
कुराकानी गरौला,
तिम्रै माया भरौला।
४.
कति राख्छौ लुकाई,
देउ माया फुकाई।
५.
तिम्रै छवि हेरिरौँ,
अङ्गालोमा बेरिरौँ।
✍️ अच्युत घिमिरे
भुटान 🇧🇹

[१७]
१.
राम्रो काम गरौँला,
ढुक्कसङ्ग मरौँला।
२.
मेलापात जाँदैछु,
दुःख गरि खाँदैछु।
३.
गरौँ   खेती  किसानी,
राखी आफ्नो निसानी।
४.
मस्त सङ्ग नाचौँला,
आरामले बाचौँला।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा ।

[१८]
१.
भोलि हामी भेटौला,
प्रेम गित लेखौला।
२.
प्रेम लिला गरेर,
मन्द हाँसो भरेर।
३.
टुङ्ना डम्फु बजाई,
मन भित्र सजाई।
४.
लाने होनि घरमा,
किन बस्ने डरमा।
✍️ गणेश तामाङ वाइबा
ताल्ती,धादिङ नेपाल।

[१९]
१.
लाग्यो पानी दर्कन,
थाल्यो  मन धर्कन।
२.
सुख्खै भयो मदानी,
तिमी  घर   छदानी।
३.
म त ढलेँ पियारी,
राख अब सियारी।
४.
कुरा गर्नु गमेर,
सत्रुसँग जमेर।
५.
हावा  चल्यो  सरर,
भयो झण्डा फरर।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज-२०, राँझा एयरपोर्ट बाँके

[२०]
१.
घाम पानी सहेर
सँगसँगै रहेर ।
२.
धर्म कर्म गराैंला
अनि मात्र मराैंला ।
३.
प्रेम पत्र लेखौला
बाटाे कुरी देखाैंला ।
४.
चुच्चे ढुंगा फाेराैंला
भित्ते चित्र काेराैंला ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा ।

[२१]
१.
खोली तीर बगर,
तिमी तिर नजर ।
२.
बोकी हिडे तस्बिर,
तिम्रो  हुने तग्दिर ।
३.
रैछ भाग्य गतिलो,
हेर्दा राम्रो चम्किलो ।
४.
लोभी लायौ नजर,
घात तिमी नगर ।
५.
तिम्रो भर परेको,
धेरै  माया गरेको ।
६.
तारा नाम लेखाए,
सबै माझ देखाए।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[२२]
१.
बाँच्न दे न मलाई,
केको चिन्ता तलाई।
२.
नेता आयो घुमेर,
सत्ता लाई चुमेर।
३.
घर घर ढोगेर,
भोट माग्छ तोकेर।
४.
चिन जान गरेर,
मन कथा भरेर।
४.
छक्क परे भेटैमा,
खोज्दै आयो गेटैमा।
५.
सँग संगै बसेका,
मेरो देश पसेका।
✍️ कमला पाण्डे पराजुली
झापा ।

[२३]
१.
पुगे टाढा देशमा,
फर्के आफ्नै भेषमा।
२.
आज तिम्रो मायामा,
फस्ने भएँ छायामा।
✍️ अम्विका अधिकारी
बिर्तामाेड, झापा ।

[२४]
१.
आमा तिम्रो मायामा,
हुर्केका हुँ छायामा ।
२.
महिमा छ अपार,
तिमी भित्रै संन्सार।
✍️ प्रेम कला चापागाईं
मेचीनगर १२, झापा ।

[२५]
१.
तिमी आयौ घरमा,
मात्र  मेरो  भरमा।
२.
आएँ कुरो बुझेर,
दुई आँखा जुधेर।
३.
लान्छु आजै भगाई,
चुरा पोते लगाई।
४.
प्रिती वास छरेर,
गयौ मनै हरेर।
५.
तिम्रो हात समाई,
बस्छु अब रमाई।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ।

[२६]
१.
लेखुँ प्रिय सम्झेर,
आयो याद बल्झेर।
२.
आउ मिठो सम्झना,
सदा तिम्रो कल्पना।
३.
आयो नयाँ बसन्त,
फूल फुल्यो अनन्त।
✍️ मिसु श्रेष्ठ थपलिया
काठमाडाै ।

[२७]
१.
नेपालका नेपाली ,
विश्व शिर हिमाली ।
२.
विश्व वीर भनेर,
गर्छाै गर्व रमेर ।
३.
प्रकृतिको  काखमा ,
सुन्दरता  माथमा ।
४.
हाम्राे देश नेपाल ,
सुन्दरता विशाल ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

>> जय टुक्का! जय साहित्य!! <<

प्रतिक्रिया