संयुक्त राष्ट्रका महासचिव जेलेन्स्कीसँग भेट गर्न बिहीबार युक्रेन जाने भएका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस अर्को हप्ता युक्रेन जाने भएका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग बिहीबार भेट्ने अपेक्षा गरिएको संयुक्त राष्ट्रका प्रवक्ताले बताए।
गुटेरेससले युक्रेनलाई मानवीय सहायता बढाउने विषयमा छलफल गर्न विदेशमन्त्री डिमिट्रो कुलेबा र संयुक्त राष्ट्र संघका कर्मचारीहरूसँग पनि भेट गर्नेछन्।
संयुक्त राष्ट्र संघले यस अघि गुटेरेसलाई “राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार स्वागत गर्ने ” जनाएको थियो ।
तर पहिले रुसका विदेश मन्त्रीसँग कार्य बैठक र दिवा भोजन पछि पुटिनलाई भेट्ने कार्यक्रम छ ।
संयुक्त राष्ट्रका प्रवक्ताका अनुसार गत बुधबार गुटेरेसले मस्कोमा पुटिन र युक्रेनमा जेलेन्स्कीसँग शान्ति ल्याउन तत्काल आवश्यकताबारे छलफल गर्न छुट्टाछुट्टै भेटघाट गर्ने अनुरोध गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया