जसपा नेता यादवद्वारा पार्टी परित्याग घोषणा

इनेप्लिज २०७९ वैशाख १० गते १३:२० मा प्रकाशित

विराटनगर,१० वैशाख।जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले आज पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ।

उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरि पार्टी छाडेको जानकारी दिनु भयो।यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्ने समेत जनाउनु भयो।

मोरङका प्रभावशाली नेता रहनु भएका यादवले विराटनगरमा पार्टी बलियोे अवस्थामा हुंदा समेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छोडकोमा विरोध गर्नु भयो।उहाँले पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदा रहदै प्रमुख पद छाडेको विरोधस्वरुप पार्टी त्याग गरेको जानकारी दिनु भयो।

नेता यादवले गठवन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै भोलि महानगर प्रमुखको पदमा स्वतन्त्रको रुपमा उम्मेदवारी दिने घोषणा समेत गर्नु भयो ।यादवले विसं २०७४ महानगरको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिइ तेश्रो स्थान ल्याउनु भएको थियो।

प्रतिक्रिया