मतदान भयरहित वातावरणमा सम्पन्न गर्न मतदान स्थल र केन्द्रको अनुगमन

मनोज दाहाल २०७९ वैशाख १० गते १०:०२ मा प्रकाशित

विराटनगर,१० वैशाख।आसन्न वैसाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचन लागी मोरङ जिल्लाका सम्वेदनशिल मतदान स्थल तथा केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गर्ने कार्य सम्पन्न भएको छ।

मोरङको पहाडी क्षेत्र तथा नेपाल भारत सिमासँग जोडिएका पालिकाहरुमा रहेका सम्वेदनशिल मतदान स्थलको समितिले अनुगमन गरेको हो।

जिल्लाका कतिपय मतदान स्थलहरु भौगोलिक विकटता तथा सडकको पहुच भन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थललाई सम्वेदनशिल देखिएको विश्लेशण गर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एवं मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो।

अनुगमनको क्रममा मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागी गर्न सकिने उपायका विषयमा जनप्रतिनिधी तथा स्थानिय समुदायसंग समन्वय गर्दै सुरक्षा समितिले छलफल सुझाव समेत लिएको छ।

प्रमुख जिल्ला अधिकारी दाहाल,जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख शान्तीराज कोइराला,नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर,३ न गण हेडक्वाटर टंकिसिनवारीका सशत्र प्रहरी उपरिक्षक राजकुमार लामिछाने तथा राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एवं उप अनुसन्धान निर्देशक वासुदेव सिग्देल लगायतको सुरक्षा समिती सम्मिलित टोलीले मतदान स्थलको अनुगमन गरेको हो।

स्थानिय तहका निर्वाचनका लागी विद्यालय तथा वडा कार्यालयहरुलाई मतदान स्थल तोकिएको छ।अनुगमनको क्रममा केहि मतदान स्थल सानो एवं साँघुरो रहेकाले त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएको छ।

मिक्लाजुङ गाँउपालिका सहित केही पालिकाको विकट स्थानमा रहेका मतदान स्थलमा हेलिप्याडको समेत व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ।

मोरङ जिल्लामा स्थानिय तह निर्वाचनका लागी तीन सय मतदान स्थल तथा ८२० मतदानकेन्द्र मतदानका लागी तोकिएको छ।

प्रजिअ दाहालले असन्न निर्वाचन आचार संहित पालना गर्न र गराउन राजनीतिक दलहरुको प्रतिवद्धता सहित निर्वाचन निस्पक्ष,स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पत्र हुने विश्वास व्यक्त्त गर्नुभयो।

सुरक्षा समितिका अनुसार तोकिएको मतदान स्थलमध्ये ४९ बटालाई अति सम्वेदनशिल १५५ बटालाई सम्वेदनशिल तथा ९६ बटालाई सामान्य मतदान स्थलको रुपमा विश्लेशण गरिएको छ।यसपटकको निर्वाचनमा मोरङमा ७० वटा मतदानकेन्द्र थप गरिएको प्रजिअ दाहालले वताउनुभयो।निर्वाचन सम्पन्न भएपछि सबै मतपेटिकाहरुलाई मतगणना स्थलसम्म तत्काल सहज एवंं सुरक्षित रुपले पुर्याउनका लागि सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ।

मोरङ जिल्लामा सात लाख १५ हजार २२३ मतदाता रहेका छन्।पुरुष तीन लाख ६३ हजार ४४८,महिला तीन लाख ५१ हजार ७६९,अन्य छ गरी सात लाख १५ हजार २२३ मतदाता रहेका छन्।

मोरङ जिल्लामा एक लाख ४० हजार नयाँ मतदाता थपिएका छन्।जसमा पुरुष ७१ हजार ९५४,महिला ६८ हजार ७६४ र अन्य छ रहेका छन्।

जिल्लामा रहेको एक महानगरपालिका,सात नगरपालिका र नौ गाउँपालिकाका मतदाताले आफ्नो मताधिकारको प्रयोग गरी जनप्रतिनिधि निर्वाचित गर्ने छन्।

मोरङको विराटनगर महानगरपालिमा पुरुष ७० हजार ५२४,महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ जना मतदाता रहेका छन्।

महानगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचन भन्दा यस बर्ष पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ जना मतदाता थप भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनु भयो।

सुनबर्षी नगरपालिकामा पुरुष १८ हजार १८३,महिला १६ हजार ३६६ गरी ३४ हजार ५४९ मतदाता रहेका छन्।

यसैगरी सुन्दरहरैचा नगरपालिकामा पुरुष ३४ हजार ७२६, महिला ३७ हजार २९ र अन्य एक गरी ७१ हजार ७५६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन्।

यस्तै लेटाङ्ग नगरपालिका पुरुष १३ हजार ८३५,महिला १४ हजार ५८६ गरी २८ हजार ४२१ जना रहेका छन्।

रतुवामाई नगरपालिकामा पुरुष २२ हजार ३६४,महिला २१ हजार २०९ र अन्य एक गरी ४३ हजार ५७४ जना रहेका छन्।

रंगेली नगरपालिकामा पुरुष १९ हजार ८३१,महिला १७ हजार ३५६ गरी ३७ हजार १८७ जना मतदाता रहेका छन्।

बेलवारी नगरपालिकामा पुरुष २७ हजार ८०५,महिला २९ हजार ४०० र अन्य चार गरी ५७ हजार २०९ मतदाता रहेका छन्।

पथरी शनिश्चरे नगरपालिकामा पुरुष २४ हजार ८७८,महिला २६ हजार ४५२ गरी ५१ हजार ३३० जना मतदाता रहेका छन्।

उर्लावारी नगरपालिकामा पुरुष २१ हजार ३५७,महिला २२ हजार ९१५ गरी ४४ हजार २७२ जना मतदाता रहेका छन्।

कटहरी गाउँपालिकामा पुरुष १३ हजार ९००,महिला १२ हजार १६३ गरी २६ हजार ६३ जना मतदाता छन्।

कानेपोखरी गाउँपालिकामा पुरुष १७ हजार १३,महिला १७ हजार ३२ गरी ३४ हजार ४५ जना मतदाताले मतदान गर्ने छन्।

केराबारी गाउँपालिकामा पुरुष ११ हजार ८३३,महिला १२ हजार १५७ गरी २३ हजार ९९० जना मतदाता छन्।

ग्रामथान गाउँपालिकामा पुरुष १२ हजार ९२१,महिला १३ हजार २१ गरी २५ हजार ९४२ मतदाता छन्।

जहदा गाउँपालिकामा पुरुष १४ हजार ८९,महिला ११ हजार ६२६ गरी २५ हजार ७१५ मतदाताले मताधिकार प्रयोग गर्ने छन्।

यस्तै धनपालथान गाउँपालिकामा पुरुष १३ हजार ८४४,महिला ११ हजार ९३२ गरी २५ हजार ७७६ जना मतदाता रहेका छन्।

बुढीगंगा गाउँपालिकामा पुरुष १४ हजार ३३७,महिला १३ हजार ८२२ गरी २८ हजार १५९ जना मतदाता रहेका छन्।

मिक्लाजुङ्ग गाँउपालिकामा पुरुष १२ हजार आठ,महिला १२ हजार ८५ गरी जम्मा २४ हजार ९३ मतदाता रहेका छन्।

मोरङमा राष्ट्रिय मान्यता प्राप्त दल छ र ३३ बटा राजनीतिक दलले जिल्ला दर्ता गराएका छन्।

जिल्लामा कुल स्थानीय तह १७ वटामा १५९ वडा रहेका रहनुका साथै कुल मतदात स्थल ३००,मतदान केन्द्र ८२० रहेका छन्।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया