सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती उम्मेदवार

इनेप्लिज २०७९ वैशाख १० गते २:११ मा प्रकाशित

विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ।

लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ।

२०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एस. एल. सी. उत्तीर्ण गर्नुभएका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गर्नुभएको छ।उप्रेतीले कतार,युएई,कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गर्नुभएको छ।

नेपाल फर्कौँ महाअभियानका एक अभियन्ता र NIRI Nepal का संस्थापक समेत रहनुभएका उप्रेती पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको जिम्मेवारीमा समेत रहनु भएकोछ।

लिसंखु पाखर गाउँपालिकाको विकास र संवृद्धिको लागि पार्टीको प्रतिज्ञा पत्र इमेल साथ संलग्न गरिएको छ।

 

 

विवेकशील साझा पार्टीबाट

लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार

दिपक प्रसाद उप्रेती

परिचय तथा प्रतिज्ञापत्र

२०७९

चुनाव चिन्ह

तराजु

 

 

 परिचय

लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ।

 

२०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एस. एल. सी. उत्तीर्ण गर्नुभएका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गर्नुभएको छ। उप्रेतीले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गर्नुभएको छ।

 

नेपाल फर्कौँ  अभियानका एक अभियन्ता र NIRI Nepal का संस्थापक समेत रहनुभएका उप्रेती पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापति समेत रहनु भएको छ।

 

प्रतिज्ञाहरू

  • भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह
  • गाउँपालिका तथा वडामा हुने गरेका भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइनेछ।
  • सेवा प्रवहलाई छिटो छरितो र प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ।
  • क्षमता अभिवृद्धि र सेवाग्राहीसँग विनयशील र मर्यादित रूपमा प्रस्तुत हुन कर्मचारीहरूलाई आवश्यक तालिम दिइनेछ।

 

  • शिक्षामा
  • गाउँपालिकामा भएका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर नेपालकै उत्कृष्ट निजी विद्यालय सरह बनाइनेछ।
  • सिपमूलक र व्यावहारिक शिक्षा प्रणालीको विकास गरिनेछ।
  • सबै विद्यालयमा जैविक कृषि बारे विद्यार्थीलाई सिकाइनेछ।
  • कक्षा बाह्र (१२) सम्मको शिक्षालाई पूर्णतया नि:शुल्क गरिनेछ।
  • माध्यमिक विद्यालयहरूमा छात्रवास संचालन गरिनेछ।
  • टाढा-टाढाबाट पढ्न आउने विद्यार्थीहरूको लागि विद्यालय बस संचालन गरिनेछ।
  • स्नातकोत्तर सम्मको अध्यापन गराउने गरि क्याम्पस सञ्चालनमा ल्याइनेछ।
  • प्रधानाध्यापक तथा शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि आवश्यकता हेरी प्रशिक्षणको व्यवस्था गरिनेछ।
  • विद्यालयहरूमा रचनात्मक सिकाइका साथै नैतिक शिक्षा, खेलकुद, नाटक, गीत-सङ्गीत, योग/ध्यान आदिमा उल्लेख्य लगानी गरिनेछ।

 

  • स्वास्थ्यमा
  • गाउँपालिकामा सबै किसिमको स्वास्थ्य सेवा प्रदान गर्ने गरि सुविधा सम्पन्न अस्पताल संचालन गरिनेछ।
  • निःशुल्क स्वास्थ्य सेवाको सुनिश्चितता गरिनेछ।
  • चौबीसै घण्टा इमर्जेन्सी सेवा उपलब्ध गराइनेछ।
  • ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणको लागि घुम्ती शिविरहरू संचालन गरिनेछ।

 

  • कृषि तथा पशुपालनको क्षेत्रमा
  • अत्यधिक उत्पादन हुने नगदे बालीहरूको पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रमहरू संचालन गरिनेछ।
  • खसी पालन, कुखुरा पालन, हाँस पालन, माछा पालनको पकेट क्षेत्रको रूपमा विकास गरिनेछ।
  • पशु स्वास्थ्य प्रयोगशाला र कृषि प्रयोगशाला निर्माण गरिनेछ।
  • गाउँपालिकामा उत्पादित वस्तुहरूको उचित मूल्यमा सहज किसिमले बिक्री वितरण गर्न आवश्यक बजारीकरणको व्यवस्था गरिनेछ।
  • निजी क्षेत्र, सहकारी र स्थानीय सरकारको सहकार्यमा स्थानीय श्रोत साधन बाट संचालन गर्न सकिने उद्योग संचालनमा ल्याइनेछ।
  • कृषि, पशुपालन तथा स्थानीय उद्योगमा स्थानीयको लागि पर्याप्त रोजगारी सिर्जना गरिनेछ।
  • सामुदायिक वन उपयोगको विशेष कार्यक्रम लागु गरिनेछ।
  • वन्यजन्तुको आक्रमणको सुरक्षाको सुनिश्चितता गरिनेछ।

 

  • पिउने पानी
  • पिउने पानीको पहुँच बाहिर रहेका प्रत्येक घर परिवारलाई पिउने पानीको सुनिश्चितता गरिनेछ।
  • पानीका मुहानहरूको संरक्षण गरिनेछ।

 

  • पूर्वाधार विकास
  • सबै वडाका सडक सञ्जालहरूमा बाह्रै महिना सवारी साधन चलाउन मिल्ने गरि स्तरोन्नति गरिनेछ।
  • गाउँपालिका भित्रका मुख्य सडक खण्ड कालोपत्रे गर्नको लागि प्रदेश तथा केन्द्रीय सरकार विशेष पहल गरिनेछ।
  • गाउँपालिकाको ३६८७ हेक्टर खेतीयोग्य जमिनको सिचाइको लागि विस्तृत योजना तयार गरि प्रदेश र केन्द्रीय सरकारको सहयोगमा परियोजनाहरू चरणबद्ध रूपमा अगाडी बढाइनेछ।
  • विद्युत् प्रसारणमा प्रयोग भएका काठका खम्बाहरूलाई विस्थापित गरिनेछ। निम्न आय स्तर भएका परिवारलाई घरेलु प्रयोजनको लागि प्रयोग हुने बिजुली निःशुल्क उपलब्ध गराइनेछ।
  • खेलकुदको विकासको लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिनेछ।
  • जनशक्ति सहित विपद् व्यवस्थापन केन्द्र निर्माण गरि संचालनमा ल्याइनेछ।
  • पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको स्थानान्तरणको लागि काम अगाडी बढाइनेछ।

 

  • कला संस्कृतको संरक्षण
  • गाउँपालिकाको परम्परा कला संस्कृति झल्कने जात्रा, चाडपर्व, रीतिरिवाज, परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरिनेछ।।
  • गुम्बा, मठ मन्दिर, देवालयहरूको संरक्षण गरिनेछ।
  • आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने गरि पर्यटकीय स्थलहरूको विकास, संरक्षण र प्रवर्द्धन गरिनेछ।

 

तपाईँको जय होस्, नेपालको जय होस् !

 

 सम्पर्क

दिपक प्रसाद उप्रेती, सम्पर्क ९८६१३३४०५१

विवेकशील साझा पार्टी

इमेल: [email protected]

वेबसाइट: www.bsp.org.np

 

प्रतिक्रिया