अमेरिकामा आफ्ना सहकर्मीहरुलाई के के सोध्नु हुने र के भन्न हुदैन

विजय थापा २०७९ वैशाख ७ गते १:१३ मा प्रकाशित

अमेरिका आएका नव आगन्तुकहरुका लागि यी माथि उल्लेख गरेका चिजहरुले निकै महत्व राख्दछ । बिरानो ठाउँ परदेशमा आए पछि धेरै कुराहरु सिक्नु पर्ने हुन्छ । यदि हामीले अन्जानमा केही सोध्नु नहुने चिज सोध्यौ र भन्न नहुने कुराहरु गर्यौ भने हामी अप्ठ्यारोमा पनि पर्न सकिन्छ ।

नेपालबाट भर्खरै आएका नेपाली समुदाय सदस्यहरुले यी कुराहरु जान्नै पर्ने हुन्छ । नत्र हामी भुमरीमा पनि पर्ने सक्छौ । नेपालमा सोधिने र जान्न चाहेको कुरा अमेरिकी समयमा मेल खादैन ।

तसर्थ यहाँहरु पनि अमेरिका आउने सोच बनाउनु भएको छ भने यस्ता कुराहरु मनमा राखी रहेमा फाइदा हुनेछ । अहिले सामाजिक संजाल र आफ्ना धेरै मानिसहरु अमेरिका हुने भएकोले नेपालबाट आउने सबैले धेरै कुराहरु थाहा पाउदछ्न । तर लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ भने झैँ अमेरिका आएका बाठा जस्ता देखिने मानिसहरु पनि लाटो जस्तो लाग्ने हामीले धेरै देखेका छौ ।

नेपालमै बसी अमेरिकामा यस्तो हुन्छ र यस्तो रहेछ भन्नेहरु पनि यहाँ फान्दामा परेका छन् । नेपाली समुदायहरु सचेत हुन् र जानकार हुन् भन्ने उद्धेश्यले यो पंक्तिकारले केही कोर्ने मात्र प्रयास गरेको हो । यो पंक्तिकारले अमेरिकी बसाईमा कम्तिमा २-३ सय भन्दा ज्यादा यस्ता लेखहरु प्रकाशित गरेको छ । यसलाई सकारात्मक रुपमा लिने हो भने यहाँहरुलाई फाईदा नै हुने छ भन्ने पंक्तिकारलाई लागेको छ ।

अमेरिकामा पति या पत्नी बारे सोधपुछ नगर्दा नै राम्रो : अमेरिका आए पछि काममा आफ्ना सहकर्मी भएता पनि नेपाल जस्तो आएको दिन नै वा केही समयमै सबै कुराहरु खोतल्नु हुदैन । हामी जस्तो उनीहरुको जीवन छर्लंग हुदैन । बाठो भएर तपाईको पति या पत्नी गर्नु हुन्छ ? के काम गर्नु हुन्छ ? के नाम हो ? कति जना सन्तान छन् यस्ता निजी कुराहरु हत्तपत्त नसोधेको कै राम्रो । अमेरिकामा निजि कुराहरु सोध्ने चलन कम हुन्छ ।

सोध्दै नसोध्ने भन्ने पनि हुदैन । तर निकै समय बिताए पछि र राम्रो घुलमिल भए पछि या उनीहरुले आफ्नै भनेमा ठिक छ । साथै आफुले पनि नेपाल जस्तै तीन पुस्ते भन्ने बिदेशी संग चलन यहाँ एकदम हुन्छ । अमेरिकामा धेरै मानिसहरु निजी जीवन जिउने र धेरै खुल्न पनि चाहदैनन । हामीले गाठो पर्नु पर्ने यी कुराहरु पनि हुन् ।

सहकर्मीको तलव नसोध्ने : अमेरिकामा संगै काम गर्ने कर्मचारीहरुको तलब फरक हुन्छ । कसैले कसैलाई आफ्नो तलब या घण्टाको कति भन्ने चलन हुदैन । अमेरिकामा अनुभवीले ज्यादा पारिश्रमिक तथा तलब पाउन पनि सक्छन ।

रोजगारदाताले सके सम्म कसेर प्रतिष्ठानलाई मुनाफा दिलाउने उद्धेश्यले कर्मचारी पनि भर्ना गर्ने हुनाले कमर्चारीहरुको तलब र घन्टे दर फरक हुन्छ । नयाँ आगन्तुकले साथी जस्तो लागेर मलाई यति दिएको छ तपाईलाई कती दिएको छ सोध्नेमा सम्भवत ठिक उत्तर दिदैनन । आफूले पाएको तलब परिवार बाहेक कसैले नभन्नु नै उचित होला । सहकर्मीको तलब बारेमा ज्यादा टाउको नदुखाउनु नै राम्रो हुन्छ ।

बाबुको नाम नसोध्ने : अमेरिकामा भुलेर पनि सहकर्मीहरुका बुवा या बाबुको बारेमा सोधखोज नगर्नु होला । अमेरिकीहरुले यस्ता कुराहरु मन पराउदैन । हाम्रो बैबाहिक जीवन भन्दा उनीहरुको अलिक जटिल जस्तो पनि हुन् सक्छ । बुवाको बारे प्रश्न गरेमा रिसाउने पनि गर्छन । किन सोधेको भनि प्रति प्रश्न पनि गर्छन । अमेरिकामा बिदेशीहरुलाई आमा बारेमा प्रश्न गर्दा झर्को मानदैनन । सबैजसो सहकर्मीहरुले आमाबारेमा आफै कुराहरु खोल्दछ्न । तर पनि नव आगन्तुकहरुले बुवा या आमा या परिवार बारेमा जिज्ञासा नराख्दा नै राम्रो हुन्छ ।

सहकर्मी या कसैलाई मोटो भन्ने शब्द नै प्रयोग गर्न नहुने : बिश्वकै सबै भन्दा ज्यादा मोटो मानिसहरु भएको देश अमेरिका हो । जो हेर्यौ ,सबै नेपालीहरुको तुलनामा ज्यादै वजन भएका ,धेरै चौडा,उचाई पनि निकै भएका हुन्छन । हामीले अनुमान गरे भन्दा पनि ज्यादै मोटा हुन्छन । अमेरिकामा ज्यादा द्रुत तयारी खाने खाने चलन हुने हुनाले मानिसहरु नेपालीहरु भन्दा ज्यादै मोटो हुन्छन ।

हामी काम गर्ने कार्यस्थलमा कम्तिमा पनि २-४ जना या कमर्चारीको संख्या अनुसार ८-१० जना मोटो नै देखिन्छन । नयाँ आएका नेपाली समुदायलाई अलिक अनौठो लाग्छ किनभने हामी भन्दा २-४ गुना ठुला भीमकाय शरीर भएका सहकर्मी हुन्छन । नेपाल जस्तो ए मोटे भनि सम्बोधन गरेमा जागिर जान सक्छ । भुलेर पनि तिमि मोटो या कस्तो मोटो भन्ने शब्द उच्चारण गर्नु हुदैन । हामीले उसको शरीर हो हामीलाई के मतलव भन्ने सोच्नु पर्छ । अमेरिकामा कसैलाई मोटो भनेमा कर्मचारीले उजुरी गरेमा जागिरबाट समेत हात धुनु पर्ने हुन्छ । तिमि धेरै खाएर मोटो भएको होला या तिम्रा परिवार सबै मोटाघाटा हुन् भन्नु पनि कदापी हुदैन । बिशेष गरि बिदेशीहरुले यो कुरा पचाउदैन ।

सहकर्मीहरुको ठेगाना र सम्पर्क संख्या नमाग्ने : हामी काममा जाने बित्तिकै मेरो सम्पर्क संख्या (कन्ट्याक नम्बर) यो हो ! तपाईहरुको दिनु भनेर नभन्दा नै राम्रो । अमेरिकामा हत्तपत्त आफ्नो घरको ठेगाना या सम्पर्क संख्या दिदैनन । नदिने भन्ने होइन । तर पनि यस्ता कुराहरु अमेरिका लामो समय देखि बसेकाहरुलाई थाहा हुन्छ । तर नव आगन्तुकहरुलाई यस्तो कुराको ज्ञान हुदैन । बिदेशीहरुले नया कर्मचारीहरुलाई सम्पर्क संख्या साटासाट गर्ने र सबै कुराहरु ओकल्दैनन। नेपाल जस्तो सम्झेर सबै कुरा आदान प्रदान नगर्दा नै राम्रो । नेपाली उखान चिन्नु न जान्नु घचेडी माग्नु भने झैँ अमेरिका आउने सोच बनाएका तथा अमेरिका भर्खरै आएकाहरुले यस्ता कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ ।

यी भनेका मूल मन्त्रहरु हुन् । जानी राखे आफूलाई काम लाग्दछ । यसमा सहमति हुनु पर्छ भन्ने कुरा हैन । यो केवल सुरु मै जानी राखेमा ठूलो दुर्घटनाबाट बच्न सकिनु हुनेछ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया