“जब शान्ति पुनर्स्थापित हुन्छ, हामी ईयुमा सँगै नयाँ गुणस्तरको युक्रेन-नेदरल्याण्ड सम्बन्ध निर्माण गर्नेछौं!” : जेलेन्स्की

इनेप्लिज २०७९ वैशाख ६ गते १४:१७ मा प्रकाशित

नेदरल्यान्ड्सले युक्रेनलाई “बख्तरबन्द गाडीहरू सहित” “भारी सामग्री” पठाउनेछ,” प्रधानमन्त्री मार्क रुटेले मंगलबार सामाजिक संजाल मार्फत भने।

ट्वीट गर्दै रुटेले भने ,उनी र नेदरल्यान्डका रक्षा मन्त्री काज्सा ओलोन्ग्रेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई दूरवार्तामा आफ्नो समर्थन व्यक्त गरेको बताएका छन् ।

“सहयोगीहरूसँग मिलेर, हामी थप भारी उपकरणहरू हस्तान्तरण गर्दैछौं,” रुटेले भने।

दूरवार्ता पछि जेलेन्स्कीले पनि ट्वीट गरे र रुटेलाई भने “डोनबासको अवस्थाको बिग्रिएको बारेमा” जानकारी दिएको र उनको समर्थनको लागि “कृतज्ञ” भएको उल्लेख गरेका छन ।

“जब शान्ति पुनर्स्थापित हुन्छ, हामी युरोपियन संघ (ईयु)मा सँगै नयाँ गुणस्तरको युक्रेन-नेदरल्याण्ड सम्बन्ध निर्माण गर्नेछौं!” जेलेन्स्कीले थपे ।

प्रतिक्रिया