संयुक्त राष्ट्रसंघ: युक्रेनमा युद्ध सुरु भए देखि १३६ वटा स्वास्थ्य सेवा केन्द्रहरूमा भएका आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु

इनेप्लिज २०७९ वैशाख ६ गते ०:४२ मा प्रकाशित

युक्रेनमा आक्रमण सुरु भएदेखि नै स्वास्थ्य सेवा केन्द्रहरूमा भएका १३६ वटा आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले सोमबार एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराए ।

डुजारिकले भने युक्रेनका स्वास्थ्य सेवा केन्द्रहरूमा भएका आक्रमणहरू यस नयाँ वर्षको सुरुदेखि विश्वभरका स्वास्थ्य सेवा केन्द्रहरूमा भएका सबै आक्रमणहरूको ६८ % भन्दा बढी हो।

युक्रेनका चार मध्ये एक जनाभन्दा बढी व्यक्ति (लगभग १२ मिलियन मानिसहरू ) युद्धका कारण विस्थापित भएका छन । जसमा करिब ४.९ मिलियन शरणार्थीहरू र ७.१ मिलियन व्यक्तिहरू युक्रेन भित्र आन्तरिक रूपमा विस्थापित भएका छन्, डुजारिकले भने।

युक्रेनमा अहिले सयुक्त राष्ट्र संघका १३०० भन्दा बढी कर्मचारीहरू छन । जसले देशभरका आठ वटा परिचालन केन्द्रहरूमा काम गरिरहेको छ, प्रवक्ताले भने। डुजारिकले अगाडी भने महासचिव गुटेर्रेसले युक्रेनमा जारी आक्रमणका कारण नागरिकको हताहत र पूर्वाधारको क्षतिको बारेमा “गहिरो चिन्तित” रहेको बताए।

प्रतिक्रिया