५ हजार १ सय ६ मिटर उचाईमा उपन्यास ‘भाइरस लभ’ लोकार्पण

इनेप्लिज २०७९ वैशाख ५ गते २१:५२ मा प्रकाशित

 

काठमाडौं।कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ।उपन्यास ‘भाइरस लभ’ तिलिचो ताल सँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो।

पुस्तकलाई पत्रकार कृष्ण भुसाल, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतले ५ हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरेका थिए।
१९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ।कार्यक्रममा सहभागी भुषाल,चन्द र अधिकारीले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए।
यति धेरै उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा यो नै पहिलो पल्ट भएको उपन्यासकार डा.उपाध्यायले जानकारी गराए शिखा बुकले प्रकाशन गरेको १९२ पेजको उपन्यासको मूल्य ३७५ राखिएको छ।

डा.उपाध्यायका यसअघि ‘बज्रघात’,‘त्यागी’,‘भाग्यचक्र’,‘अपवित्र छाया’, ‘स्वार्थी’,‘बिटुली’,‘अतिरिक्त’,‘दगाबाज’,‘अधुरो प्रेम’लगायत थुपै उपन्यास र गीत सार्वजनिक भएका छन्।

डा.उपाध्यायले गीत संगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम केही अगाडि गरेका थिए।

प्रतिक्रिया