विराटनगर,३ वैशाख।प्रेस चौतारी नेपालले प्रदेश नं १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ।
नेकपा एमाले प्रदेश कमिटी प्रचार विभाग र चौतारीको संयुक्त रुपमा आज यहाँ सम्पन्न भेलाले प्रदेशका १४ वटा जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने निर्णय भएको छ।भेलालेले नौ बुँदे प्रतिवद्धता समेत व्यक्त गरेको छ।
केन्द्रीय प्रचार विभाग र जिल्ला स्तरका सूचना डेक्सहरुसँग समन्वय गरी सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण गर्न प्रतिवद्धताका साथ लागि पर्ने,एमाले केन्द्रीय कमिटी,जिल्ला र पालिका कमिटीले तयार पारेका घोषणापत्रका मुख्य–मुख्य र महत्वपूर्ण बुँदाहरुलाई प्राथमिकताका साथ प्रकाशन÷प्रशारण गर्ने,पालिकाहरुले निर्माण गर्ने घोषणापत्रलाई सञ्चार मैत्री बनाउन सुझाव दिने लगायतका प्रतिबद्धता जारी गरिएको छ।
भेलामा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज देवराज घिमिरे,केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजाल,प्रेस चौतारीका अध्यक्ष गणेश वस्नेत, एमाले प्रदेश प्रचार विभागका प्रमुख घनश्याम खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया