मालपोत कार्यालयले रु ६२ करोड राजश्व संकलन

इनेप्लिज २०७८ चैत ३० गते २२:१७ मा प्रकाशित

विराटनगर,३० चैत।भुमि सुधार तथा मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु ६१ करोड ९० लाख राजश्व संकलन गरेको छ।

जिल्ला कार्यक्रम कार्यान्वयन समितिद्वारा आयोजित लिखत पारितको शत वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित अन्तरक्रियामा कार्यालय प्रमुख लोकबहादुर भण्डारीले गत वर्ष रु एक अर्व २४ करोड भएको तर चालु वर्षमा कोभिड महामारी, बैंकमा तरलताका अभावले घरजग्गाको ऋणमा लगानी नभएको कारण कम राजश्व संकलन भएको जानकारी दिनु भयो।

उहाँले कार्यालयलाई सेवाग्राही मैत्रीका रुपमासञ्चालन गर्नुका साथै सरसफाई,सफा शौचालय आदि निर्माण गरिएको बताउनु भयो।

प्रमुख भण्डारीले कार्यालयमा वेरुजु नरहनुका साथै आगामी वर्ष साउनदेखि निर्माण हुन आफ्नै भवनवाट एकिकृत सेवा प्रणालीबाट सेवा प्रदान गर्ने जानकारी दिनु भयो।

प्रमुख भण्डारीले नागरिकले जग्गा खरीद गर्दा साविकाको श्रेस्ता हेर्न समेत आग्रह गर्नु भयो।

प्रतिक्रिया