युक्रेनमा युद्ध सुरु भएदेखि यता १,८९२ नागरिकको मृत्यु भएको अभिलेख

इनेप्लिज २०७८ चैत ३० गते ११:३४ मा प्रकाशित

 

युक्रेनमा युद्ध सुरु भएदेखि यता संयुक्त राष्ट्रसंघले १,८९२ नागरिकको मृत्यु भएको अभिलेख राखेको छ ।

फेब्रुअरीमा युक्रेनमा सुरु भएको युद्धमा कम्तीमा १ हजार ८ सय ९२ सर्वसाधारण मारिएका छन् भने २ हजार ५ सय ५८ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मृत्यु हुनेमा ४७८ पुरुष, ३०८ महिला, ३० बालिका र ५२ बालकको साथै ७१ बालबालिका र ९५३ वयस्कहरू छन् जसको लिंग अझै अज्ञात छ, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले एक विज्ञप्तिमा जनाएको छ।

कतिपय स्थानबाट रिपोर्ट आउन ढिलाइ भएकाले वास्तविक हताहतको संख्या निकै बढी हुन सक्छ ,ओएचसिएचआरले थप्यो।

यसमा घेरिएको दक्षिणपूर्वी शहर मेरिउपोल  जस्ता क्षेत्रहरू समावेश छन्, जहाँ “आंकडाहरू थप पुष्टि भइरहेका छन्।”

युक्रेनको अभियोजक जनरलको कार्यालयले बालबालिकाको मृत्यु हुनेको संख्या बढी भएको जनाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै रुसी आक्रमण सुरु भएदेखि १९१ बालबालिकाको मृत्यु भएको र ३४९ भन्दा बढी घाइते भएको बताएको छ ।

प्रतिक्रिया