विराटनगर,३० चैत।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीले मात्र मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न सक्षम भएको बताउनु भएका छ।
नेकपा एमाले विराटनगर महानगरद्वारा आज मोरङ पार्टी कार्यालय पाञ्चालीमा आयाजित वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विभिन्न भाषाभाषी,भुगोलमा वस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान अभियान सरिक बनाउने कार्यमा पार्टी लागेको धारणा व्यक्त गर्नु भयो।
निवर्तमान प्रधानमन्त्री ओलीले नेपालको पानी नेपालीको लागि प्रयोग हुनुपर्नेमा जोड दिदै उद्यमी,व्यवसायी,पर्यटन,निर्यातमुखी उद्योग स्थापना गरी मुलुकलाई आत्मनिर्भर बनाउन कार्यमा एमाले अगाडि वढेको विचार राख्नु भयो।
एमाले अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोही कसैको कार्यलाई कहिले पनि सफल हुन नदिने दृढता व्यक्त गर्दै जनप्रतिनिधि विहिन स्थानीय पालिकाको बनाउने षडयन्त्रलाई नेपाली जनताले नमान्ने जिकिर गर्नु भयो।
निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो शासनकालमा मुलुकमा हुलाकी राजमार्ग तयार हुन लागेको,पुर्व पश्चिम राजमार्ग स्तरोउन्नति भैरहेको,मदनभण्डारी राजमार्ग चालु अवस्थामा रहेको र विभिन्न विमानस्थल विस्तार गरि रातिसेवा सञ्चालन भएको दावी गर्नु भयो।
उहाँले पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारहरुले भुक्तानी नपाएको गुनासो व्यक्त गर्नु भयो।अध्यक्ष ओलीले मुलुकमा अहिले भ्रष्टाचार वृद्धि भएको चर्चा गर्दै यसले मुलुकको विकासलाई पछाडि धकेलिएको धारणा राख्नु भयो।
उहाँले विसं २०५१ मा मासिक रु एक सय देखि शुरु गरेको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता अहिले दैनिक रु १३३ भएको चर्चा गर्दै कर्मचारी सहज जीवनयापनका लागि तलव वृद्धि समेत गरेको स्मरण गराउनु भयो।
कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी, वुद्धिजीवी संगठन छोडि आउनेलाई स्वागत गर्नु भयो।
प्रतिक्रिया