सम्वेदनशील भै स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पर्छ– प्रमुख आयुक्त थपलिया

इनेप्लिज २०७८ चैत ३० गते १०:१४ मा प्रकाशित

विराटनगर,३० चैत।प्रमुख निर्वाचन आयक्त दिनेशकुमार थपलियाले सम्वेदशनशल भएर स्थानीय तहको निर्वाचन जिम्वारीपुर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नु भएको छ।

निर्वाचन आयोग नेपालद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन निस्पच्छ,स्वतन्त्र एवं मित्यव्ययी वनाउनुपर्नेमा जोड दिनुभयो।

प्रमुख आयुक्त थपलियाले स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउन संसदले बनाएको कानूनको पूर्ण पालनको प्रतिवद्धता व्यक्त गर्दै मतदान केन्द्रमा खटिएर स्थानीय समुदायसँग समन्वय गरि कार्यलाई अघि वढाउन आग्रह गर्नुभयो।

उहाले स्थानीय तहको निर्वाचनका लागी आयोगले संविधान र कानुन अनुसार सवै प्रक्रिया अगाडी वढाएको उल्लेख गर्नु हुदै निर्वाचन निर्देशिका एवं स्व घोषणाले उम्मेदवारलाई जिम्मवार बनाएको धारणा राख्नु भयो।

आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन हुने कुरामा कुनै शंका नराख्न आग्रह गर्दै निर्वाचनको रकेट प्रक्षेपण भइ सकेको अवस्थामामा रोक्नुले मुलुकमा ठूलो दुर्घटना निमत्याउने छ भन्नु भयो।

निर्वाचनले लोकतन्त्र र मुलुकको सम्वद्धिको सम्वाहक भएकोले यसलाई सफल वनाउन सबैले आफ्नो कार्य जिम्मेवारी पुर्वक लाग्नु पर्नेमा जोड दिनु भयो।

उहाँले आयोग निर्वाचन आचार संहिता पुर्ण रुपले कार्यान्वयनको सम्वन्धमा संयन्त्र निर्माण गरि अनुगमन गर्ने जानकारी दिनु हुदै १० हजार २०० मतदान स्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताउनु भयो।

प्रदेश नं १ का प्रमुख सचिव डा.रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवकको रुपमा लिई स्वच्छ,निश्पक्ष,भयरहित वातावरणमा सम्पन्न गर्न सवैले जिम्मेवारी पूर्वक कार्य गर्नुपर्नेमा जोड दिनु भयो।

प्रशिक्षणम कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलु वाहेक ११ जिल्ल्लाका मुख्य निर्वाचन अधिकृत,निर्वाचन अधिकृत गरि १२० जनाको सहभागिता रहेको छ।

प्रतिक्रिया