नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी विच पाटी एकिकरण

इनेप्लिज २०७८ चैत ३० गते ०:३८ मा प्रकाशित

काठमाण्डौैँ,।नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी विच पाटी एकिकरण भएको छ।

मंगलबार एक कार्यक्रमका विच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी पाटी एकिकरण भएको हो।

काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकिरण भएको घोषणा गरेका हुन।

दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन।

दुवै पार्टीविच राष्ट्रिय मुद्दा र विकास बारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघिय परिषद् अध्यक्ष रहने गरि पार्टी एकिक रण भएको घोषणा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन।

विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन।पार्टी एकता घोषणा पत्रमा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डोर्याउने प्रतिबद्धता जाहेर गरिएको छ।

प्रतिक्रिया