अस्ट्रियाका चान्सलर र पुटिन बीच रुसमा भेटघाट भएको छ । अस्ट्रियाका चान्सलर कार्ल नेहामरले युक्रेनमा कथित रुसी अत्याचारको बारेमा “कठिन” र मैत्रीपूर्ण भेटघाटमा सोमबार भ्लादिमिर पुटिनसँग प्रश्न उठाएको बताए ।
रुसी राष्ट्रपतिसँग फेब्रुअरीमा आक्रमण सुरु गरेपछि पुटिनलाई भेट्ने उनि पहिलो नेता हुन् । “यो मैत्रीपूर्ण भ्रमण होइन। म भर्खरै युक्रेनबाट आएको हुँ र रुसी आक्रामक युद्धका कारण भएको अतुलनीय पीडा मैले आफ्नै आँखाले देखेको छु,” नेहामरले मस्को बाहिरको बैठकपछि आफ्नो कार्यालयबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनको भ्रमणले युरोपेली संघका नेताहरू बीच राय विभाजित गरेको छ भने केहीले रूसी नेतासँग संलग्नताको बारेमा शंका व्यक्त गरेका छन् ।
दुवैले मस्को नजिकै पुटिनको नोभो-ओगार्योभो निवासमा करिब ७५ मिनेट कुरा गरेको नेहमरका प्रवक्ताले भने । रुस भ्रमण गर्नु अघि नेहामरले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटे र बुचा सहरको भ्रमण गरेका थिए । जहाँ रूसी कब्जाको एक महिना पछि सार्वजनिक सडकहरूमा निहत्था नागरिकहरूको शव फेला परेको थियो।
“मैले बुचा र अन्य ठाउँहरूमा भएका गम्भीर युद्ध अपराधहरूलाई सम्बोधन गरें र तिनीहरूका लागि जिम्मेवार सबैलाई जवाफदेही बनाउनु पर्ने कुरामा जोड दिएँ,” नेहामरले भने, “मैले राष्ट्रपति पुटिनलाई कुनै पनि अनिश्चित समय सीमा सम्म रुसविरुद्ध प्रतिबन्ध लगाउने कुरा पनि भनेको छु जबसम्म युक्रेनमा मानिसहरू मरिरहेका हुन्छन तबसम्म कडाइ रही रहनेछ।” उनले भने ।
अस्ट्रियाका नेताले पुटिनले युक्रेनीहरूलाई “बुचामा भएका अपराधहरूका लागि जिम्मेवार” भएको आरोप लगाएका छन्।
अस्ट्रिया सैन्य रूपमा तटस्थ छ तर पुटिनको आक्रमणको निन्दा गर्न छिमेकीहरूलाई साथ दिएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
चान्सलरले पुटिनसँग निकासी मार्ग (कोरिडोर)को मुद्दा उठाएका थिए। बारम्बार युक्रेन वरपरको निकासीको प्रयास रुसी आक्रमणले विफल भएको छ।
प्रतिक्रिया