नेपाल –चीन कार्यकारी परिषदद्वारा विराटनगरलाई रु २० लाखको स्वास्थ्य सामाग्री प्रदान

इनेप्लिज २०७८ चैत २७ गते १३:१८ मा प्रकाशित

विराटनगर,२७ चैत्र।नेपाल –चीन कार्यकारी परिषदले विराटनगर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई कोरोना संक्रमणको सम्भावित अवस्थालाई मध्यनजर गर्दै परिषद्लका प्रदेश अध्यक्ष मुकेश उपाध्यायले रु २० लाख मूल्य बरावरके स्वास्थ्य सामाग्री आज हस्तान्तरण गर्नु भयो।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि मास्क,फेससिल्ड,ग्लोव्स र लगायतका स्वास्थ्य सामाग्री रहेको प्रदेश प्रमुख उपाध्यायले जानकारी दिए।

महानगरका प्रमुख पराजुलीले परिषद्ले प्रदान गरेको स्वास्थ्य सामाग्री आवश्यक प्रयोजनमा प्रयोगमा आउने बताउनु भयो।

उहाँले अझै पनि कोरोना सङ्क्रमित भेटिने गरेकोेले यसबाट वच्न स्वास्थ्य सुरक्षा अपनाउन सबैसँग आग्रह गर्दै सहयोगका लागि धन्यवाद दिनु भएके छ।

 

प्रतिक्रिया