पाकिस्तानका प्रधानमन्त्री इमरान खान अविश्वासको प्रस्तावपछि बर्खास्त भएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अविश्वासको प्रस्तावपछि देशको नेताबाट अपदस्थ भएका छन ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आर्थिक कुप्रबन्ध अर्थात् अव्यवस्थाको आरोपमा अविश्वासको मतले प्रधानमन्त्रिको पदबाट हटाइएको छ ।
शनिबार भएको संसदीय मतदानमा पूर्व क्रिकेट खेलाडी समेत रहेका खान पराजित भएका थिए । उनलाई हटाउन विपक्षी दललाई ३४२ सदस्यीय सभामा न्यूनतम १७२ मत आवश्यक थियो ।
३४२ स्थान भएको संसदमा १७२ मत आवश्यक पर्ने अविश्वासको प्रस्तावलाई १७४ सांसदले समर्थन गरेका थिए ।
पाकिस्तानको ७५ वर्षको इतिहासमा कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गरेका छैनन भनि अल जजिराले समाचारमा लेखेको छ ।
खान देशको इतिहासमा अविश्वासको मत मार्फत अपदस्थ हुने पहिलो प्रधानमन्त्री बनेका छन् । ६९ बर्षिय खान २०१८ मा सेनाको समर्थनमा सत्तामा पुगेका थिए भने तर हालसालै आफ्नो गठबन्धन सरकार छोड्दा सहयोगीहरूले आफ्नो संसदीय बहुमत गुमाएका थिए ।
प्रतिक्रिया