चेर्नोबिलमा विक्षिप्त दृश्यबाट युक्रेनीहरू स्तब्ध

इनेप्लिज २०७८ चैत २६ गते १३:०२ मा प्रकाशित

युक्रेनको आणविक कारखाना चेर्नोबिलमा विक्षिप्त दृश्यबाट युक्रेनीहरू स्तब्ध भएका छन् । यो दृश्यले समस्त बिश्वलाई आश्चर्यचकित बनाएको छ । रुसी सिपाहीहरूले कर्मचारीहरू सुतिरहेको कोठामा तोडफोड गरेका थिए भने तिनीहरूका केही सामानहरू लुटेको चेर्नोबिल स्थलका एक प्रबन्धकले बताए ।

युक्रेनी सिपाही भित्र पसेपछि अचानक कान छेड्ने आवाजले कोठा भरिन्छ । चेर्नोबिल आणविक उर्जा केन्द्रमा रुसी सैनिकहरू बसेका थिए। र हाल विकिरणको स्तर अहिले सामान्यभन्दा बढी छ भनि सिएनएनले जनाएको छ ।

कोठामा रेडियोएक्टिभ(रेडियोधर्मी) सामग्रीको स्रोतको कुनै दृश्य विद्यमान छैन। तर युक्रेनी अधिकारीहरूले यो भवनमा सैनिकहरूले ल्याएका साना कण र धुलोबाट आएको बताएका छन्।

युक्रेनी नियन्त्रणमा आएपछि सिएनएनलाई पहिलो पटक आणविक कारखाना भित्र विशेष पहुँच दिइएको थियो।

कारखानाका अधिकारीहरूले रुसी सैनिकहरूले प्रयोग गर्ने कोठा भित्रको स्तर विश्व आणविक संघले प्राकृतिक रूपमा हुने विकिरणको रूपमा वर्णन गरेको भन्दा थोरै मात्र रहेको बताए।

प्रतिक्रिया