श्रमिक बरालको ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा

इनेप्लिज २०७८ चैत २५ गते २१:५२ मा प्रकाशित

साहित्यमा निरन्तर कलम चलाइरहने श्रमिक बराल अर्थात डा.खगराज बरालको फुटकर रचनाहरूको सङ्ग्रह ‘श्रमिक बरालका फुटकर रचनाहरू’ बजारमा आएको छ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस सङ्ग्रहमा साहित्यका तीन विधा कथा,लघुकथा र कवितालाई कथा खण्ड, लघुकथा खण्ड र कविता खण्डमा विभाजन गरिएको छ।

यस सङ्ग्रहभित्र दुईओटा कथा, पन्ध्रओटा लघुकथा र एघारओटा कविता समेठिएका छन ।श्रमिक बरालले पचासका दशकमा रचना गरेका यी कथा,लघुकथा र कविताहरू तत्कालीन समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए।पचासको दशकमा लेखिएका यी कथा,लघुकथा र कविताहरूमा तत्कालीन समयप्रति असन्तुष्टि, सामाजिक तथा राजनीतिक विकृतिप्रति व्यङ्ग्य र सुधारका लागि युगचेतना मुखरित भएका छन्।यी तीन विधाका रचनामा पर्याप्त युग चेतना देखिन्छ।विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा,कविता र लघुकथालाई सङ्कलन गरी एउटै पुस्तकमा सङ्ग्रहीत गरी भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको छ ।बराल रचना पढ्न चाहने पाठकहरूका लागि प्रकाशकले एउटै पुस्तकका रूपमा उपलब्ध गराएको छ।कुल ७६ पृष्ठको यो पुस्तकको मूल्य एक सय बिस रुपैयाँ रहेको छ।

प्रतिक्रिया