रुसी सेना उत्तरी युक्रेनबाट “पूर्ण रूपमा फिर्ता”: बेलायती रक्षा मन्त्रालय

इनेप्लिज २०७८ चैत २५ गते ११:२५ मा प्रकाशित

रुसी सेनाहरू उत्तरी युक्रेनबाट बेलारुस र रुसमा “पूर्ण रूपमा फिर्ता” भइसकेको बेलायतको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो सैन्य गुप्तचर मूल्याङ्कनमा उल्लेख गरेको छ ।

डोनबास क्षेत्रमा लड्नका लागि धेरै रुसी सेनालाई पूर्वी युक्रेनमा सारिने एमओडीले सामाजिक संजाल ट्विटर मार्फत जानकारी गराएका छन ।

“धेरै सेनाहरूलाई थप पूर्वमा तैनाथ गर्न तयार हुनु अघि महत्त्वपूर्ण पुनःपूर्तिको आवश्यकता पर्नेछ, उत्तरबाट कुनै पनि सामूहिक पुन: तैनाथी गर्न कम्तिमा एक हप्ता लाग्ने सम्भावना छ,” मन्त्रालयले भन्यो।

युक्रेनको पूर्व र दक्षिणका शहरहरूमा रूसी गोलाबारी जारी छ । र,रूसी सेनाले रूसी नियन्त्रणमा रहेको इजियम शहरबाट अझ दक्षिणतिर सरेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया