सयुक्त राष्ट्र संघ महासभाले रुसलाई मानव अधिकार परिषद्बबाट निलम्बन गरेको छ ।
संयुक्त राष्ट्र संघको महासभाले बिहीबारको बैठकमा रुसलाई मानवअधिकार परिषदबाट निलम्बन गर्ने पक्षमा मतदान गरेको छ ।
निलम्बन गर्ने पक्षमा ९३ मत परेको छ भने विपक्षमा २४ मत परेको छ ।५८ राष्ट्रले मतदानमा सहभागी भएनन।
प्रस्तावको मस्यौदामा युएनजिएले भन्यो कि महासभाले “मानव अधिकारको घोर र रीतपूर्वक उल्लङ्घन गर्ने परिषद्को सदस्यको मानव अधिकार परिषदमा सदस्यताको अधिकार निलम्बन गर्नेछ।”
परिषदबाट रुसलाई हटाउनको लागि महासभाले दुई तिहाईको पक्षमा मतदान गर्न आवश्यक हुन्छ ।
मतदान अघि, चीनका संयुक्त राष्ट्रका लागि राजदूत झाङ जुनले यस कदमको बिरूद्ध मतदान गर्ने बताएका थिए ।
“मानव अधिकार परिषद्को सदस्यतासँग यसरी व्यवहार गर्दा नयाँ खतरनाक उदाहरण स्थापित हुनेछ” र “गम्भीर परिणामहरू उत्पादन गर्नेछ,” झाङले बिहीबार संयुक्त राष्ट्र महासभामा बोल्दै भने।
चीनले सबै पक्षहरूलाई शान्तिको अवसर र वार्ताका सम्भावनाहरू सिर्जना गर्न एउटै दिशामा मिलेर काम गर्न आह्वान गरेको छ।
प्रतिक्रिया