कैलालीको मोहन्यालमा मंगोल अर्गनाईजेशनको गतिविधी तिब्र,मंगोलले अध्यक्ष पदमा उम्मेदावारी दिने

इनेप्लिज २०७८ चैत २२ गते १०:०१ मा प्रकाशित

मोहन्याल,चैत्र २२ ÷आशन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै मंगोल अर्गनाईजेशनले कैलालीको पहाडी गाउँपालिका मोहन्यालमा राजनीतिक गतिविधीलाई तिब्र पारेको छ।

मोहन्याल गाउँपालिकाका वडानम्बर १ र ५ मा मगर समुदाय अन्य जात जाती भन्दा बढी बाहुल्यता भएकोले उनिहरुले आफ्नै समुदायबाट उम्मेदवार बनाउने भन्दै ती वडाहरुमा टोल कमिटीहरु ग्ठन प्रकृयालाई अगाडी बढाईरहेको पाइएको छ।

जनसंख्याको आधारमा अल्पसंख्यामा रहेका मगर समुदायले १ र ५ वडामा मगर समुदायनै विभिन्न राजनीतिक दलहरुबाट प्रतिस्पर्धी रहेको अवस्थामा पनि मंगोल अर्गनाईजेशनले एकल उम्मेदवारी दिने बताइएको छ।

मंगोल अर्गनाईजेशनका सुदूरपश्चिम प्रदेश सचिव कमल घर्ति मगरले मोहन्याल गाउँ पालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिने स्रोतले जानकारी दिएको छ।

मोहन्याल गाउँपालिकामा ७ वडा वडाहरु रहेका छन्।तीं वडाहरुमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ४,६र ७ एमाले बिजयी हासिल गरेको थियो । ।
वडानम्बर १,२र ५ मा माओवादी केन्द्रले तनि वडा वडामा विजयी हासिल गरेको थियो।

मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको स्वर्गारोहण पछि एमालेबाट निर्वाचित उपाध्यक्ष पुजादेवी बुढामगर समाजवादी हुँदै फेरी माओवादी केन्द्रमा प्रवेश गरेकी छिन्।

माओवादीबाट १,२ र ५ मा २०७४ मा तीन वटा सिट बिजयी भएको भएतापनि मंगोल अर्गनाइजेशनले यदि अध्यक्ष लगायत अन्य वडामा उम्मेदावारी दिएको खण्डमा मगर समुदायका भोट भने एमाले,माओवादी,नेपाली कांग्रेस र मंगोलमा विभक्त हुने निश्चित देखिएको छ।

उता जनसंख्या र मतदाता बढी रहेको वडानम्बर ६र ७ मा एमालेको बलियो गढ मानिन्छ भने वडानम्बर ३ नेपाली काँग्रेसको प्रभावमा रहेको छ।सो वडाबाट नविन गिरी वडाअध्यक्षमा निर्वाचित भएका थिए।

विगतका निर्वाचनहरुमा जातीयताको भोटको राजनीति गर्ने अन्यदलहरका लागि भने यति बेला मंगोल अर्गनाईजेशनले जातीय भोट बैंकलाई विभाजित गर्ने पक्का देखिएको छ।

 

प्रतिक्रिया