मारुनी (लाेक) छन्दमा टुक्का लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७८ चैत १७ गते १०:३० मा प्रकाशित

काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ चैत्र १५ गते मङ्गलवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२२” अन्तर्गत मारुनी (लाेक) छन्दमा टुक्का  लेखन अभ्यास सम्पन्न भएकाे छ।

छन्द प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा टक्का  पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ४३ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे।

अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का कविता” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे छ।लोक छन्द अन्तर्गत मारुनी छन्द

~ यस छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ यस छन्दमा जम्मा १० अक्षर हुन्छन्।
~ ४ अक्षरमा विश्राम हुन्छ।
~ सूत्र ४+३+३=१० अक्षर

अभ्यासका क्रममा सङ्कलन भएका मारुनी (लाेक) छन्दमा सिर्जना गरिएका टुक्काहरू

[१]
१.
अभावमा गुज्रेको भएर,
यो जिन्दगी नमीठो छ हेर।
२.
अभावमा नहोला ऊ त्यहाँ
बाआमाको छहारी छ जहाँ।
✍️ अनिल खग्रास

१.
आफ्नै सम्झी विश्वास गरियाे
आज उल्टै घातमा परियाे ।
२.
राजनीति जाल र झेलकाे
छाेडाैँ कुरा फाेहाेरी खेलकाे ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

१.
चुनावमा न बेच्नु इमान,
गएजाला अब त परान।
२.
देशभित्र गद्दार जुटेर,
जनताको रगत चुसेर।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८

१.
सत्र वर्ष नपुग्दै मरेर,
गई भन्थ्यो छलमा परेर।
२.
लेखिएको अहिले कविता,
बगिरह्यो आँखामा सविता ।
✍️ भगवती दवाडी
दमक, झापा ।

१.
झुट छोडी सत्यले  समाऊ
घृणालाई  दियोले जलाऊ ।
२.
त्यो ईर्ष्याको आगोमा जलाई
अहङ्कार गर्दैन भलाई ।
✍️ प्रेम थापा “मन”
बागलुङ ।

१.
कस्तो खाले जालमा परियो
घरजम नगर्दै मरियो ।
२.
हरदम हतार गरिन्छ
कुन बेला खाल्डोमा परिन्छ ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

१.
आँखाभरी मायालु देखियो,
यो मनमा खै के के लेखियो ।
२.
संसार नै रहेछ बिचित्र ,
मैले बुझ्न सकिन दिल् भित्र
✍️ बेदु न्यौपाने
काठमाडौ ।

१.
घरकाले आरोप लगायो,
कान्छीलाई कान्छोले भगायो।
२.
धोका दिई प्रियाले कसरी,
प्रियतम रूँदैछ बेसरी।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

१.
तिम्रो घर आँगन तराई
नाचगान गरौँला रमाइ ।
२.
चोली टम्म वैशालु त्यो मन
आँखाभरी सजाइ जोबन ।
✍️ जि कुमार गौतम
भद्रपुर-१ (पृथिविनगर) झापा

१.
अलिकति धार्मिक बनौला
संगीतमा स्वराग भनौला ।
२.
पढाईमा अब्बल थिईन
लेखनमा किताब लिईन ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

१.
दु:खजिलाे गरेर पढियाे,
सुस्त सुस्त अगाडि बढियाे ।
२.
नेतालाई इश्वरै ठानियाे,
आफैँमाथि बन्चरो हानियाे ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

१.
आएपछि जाने हो जीवन,
अजम्बरी कसैले नभन।
२.
चिमोटेर खसाल्यो गुलाफ,
मन बुझ्ने राख्दैन जवाफ।
✍️ पौडेल विमुन्स
पोखरा कास्की ।

१.
ठिकठाक छ यहाँ मलाई,
घोचपेच किन हो जलाई ।
२.
छिनोफानो गर्नुछ कामको,
खटपटी सकेर नामको ।
✍️ प्रदीप के रिमाल
इटहरी – आठ

१.
छायाँ कालो हावा र हुरीको,
नजिकै छु हुँदिनँ दुरीको।
२.
भेट हुँदा बोल्नु है हाँसेर,
राखेको छु मायाँ त्यो साँचेर।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

आएँ  म त मादलु देखेर,
गाएँ गीत मनले लेखेर ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया ।

१.
हिजोआज चुनाब आएको,
झुत्रेले नि नमन खाएको।
२.
एकदिन मौका त आउँछ,
फटाहाले रजाइँ पाउछ।
✍️ शंकर कार्की
थाहा ३ मकवानपुर।

१.
किन दु:ख, दिन्छौं हाे मलाई,
रात दिन, याे मुटु जलाई।
२.
तिमी र म ,सँगै नै रमाउँ,
मेरो हात, आफैले समाउँ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही-१४ बुटवल ।

१.
जिन्दगीमा बहार बनेर ,
आयौ तिमी साहस गरेर ।
२.
तिमीसँग पिरती गाँसौला ,
हामी दुई मिलेर बाँचौला ।
३.
दुनियाँको अगाडि हाँसौला ,
दुःख-सुख मिलेर काँटौला ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा ।

१,
कताजाउँ बिदेशी भुमीमा,
गाह्रोभयो यो मेरो जुनिमा।
२,
गरिबिले अतिनै सतायो,
मर्नुबाँच्नु मलाई बनायो।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड, झापा ।

१.
मारूनीमा कम्मर भाचेर,
माया मोह के गर्नु साचेर।
२.
सफलता पाएको सगाई,
उन्नतिमा रोचक लगाई।
✍️ अच्युत घिमिरे
भुटान 🇧🇹

सम्भावना खोज्दैछु जोसमा,
ज्ञान प्राप्त गर्दैछु होसमा।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ

१.
रुमाल छ मायाको गोजीमा
विस्वासिलो मान्छेको खोजीमा।
२.
रिसाउने बानीले सतायो
पिरतीको भाकाले बतायो।
✍️ अम्विका अधिकारी
झापा, विर्तामोड ।

१.
धोका दियौं गयौ नि छोडेर,
नव मुना कोपिला गोडेर ।
२.
भयो हार मायाको खेलमा,
पुग्यो मेरो जिन्दगी भेलमा ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

१.
समयको उज्यालो लिएर,
विपनीको अमृत पिएर ।
२.
सबैजना रमाई बसौँला,
सोह्रथरी श्रृङ्गार घसौँला ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक ।

१.
माया सम्झी तिमीले दिएको,
मैले चिनो मानेर लिएको।
२.
कुनै बेला यादले दिएन,
किन मर्न दैवले लिएन।
✍️ दुर्गा आचार्य
मोरङ ।

१.
सम्झे पर्छ मुटुमा भक्कानो
छुट्ने दिन बनायौ अच्चानो ।
२.
तिम्रो माया मुटुमा बोकेर
हाँस्थे  सधैं  ती आँशु रोकेर ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

१.
छन्दमा नि अभ्यास गरेका
राम्रा टुक्का सबैले पढेका ।
२.
हिजोआज गुराँस फुलेछन्
डाँफे चरा रमाई डुलेछन् ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।

१.
मान्छे छैन कसरी भनुँला
बाँझो बारी केगरी खनुँला।
२.
दार्जीलिङ उज्यालो हेरन
मैलो मन चटक्कै फेरन।
✍️ रतन पाण्डे’पारतन’
दार्जीलिङ।

१.
पिरतीकाे डाेरीले बाँधन ,
हाँस्दै हाँस्दै मस्तले नाँचन ।
२.
सपनीमा सर्लक धाउने ,
बिपनिमा कहिले छाउने ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

१.
महङ्गीले जनता डस्दैछ
सर्पलेझैँ घाँटीमा कस्दैछ।
२.
वसन्तले बिगार्यो  याे मन
गुराँस भो मायाको रिबन।
✍️ रामशरण न्यौपाने
भक्तपुर ।

१.
तिम्रै भर लागेको मलाई ,
बाँच्नु छैन यो मुटु जलाई ।
२.
मनभित्र छ पिडा परेको ,
दुनियाँले झन् घात गरेको ।
✍️ विक्रम तिरुवा सलिन
कुडारी,जुम्ला ।

१.
सपनीमा तिमीले बाेलाकाे,
बिपनीमा सम्झेर टाेलाकाे ।
२.
डाँडापारी हिमाल देखेर,
रमाउँछु कविता लेखेर ।
✍️ गाेपालकृष्ण डंगाोल
इटहरी ।


घर मुनि पानीको पँधेरो
तिमी नभै मन भाे अँधेरो ।
२.
नपार है  मलाई दोमन
नटेाक है बनेर गेामन ।
✍️ पवन कुमार बुढाथाेकी
काठमाडाैँ ।

१.
जताहेर्छु खुसिको लहर,
नेता हिँडे गाउँ र शहर ।
२.
जनताको आँखामा  छलेर,
भाेट माग्ने दाेचारे परेर ।
✍️ कमला पाण्डे पराजुली
झापा ।

१.
मान्छे मरे भुसुना समान,
संग्राम हो मामुली नठान ।
२.
मन  मुटु  चोरेर  नलग,
माखे साङ्लो पारेर नठग ।
✍️ बिबस पारदर्शी
भद्रपुर झापा ।

१.
जान्छौ हामी रेलैमा सरर
खुशी हुँदै मनैमा हरर ।
२.
सल्केको र नभन पल्केको
किन तिमी यसरी ढल्केको ।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ  हाल अमेरिका।

१.
सपनामा तिमीलाइ देखे
बिपनामा एकपत्र लेखे।
२.
तिम्रो माया छ मुटु माझमा,
सम्झनाले सतायाे साझमा।
✍️ प्रेम कला चापागाई

 झापा ।

१.
सबैलाई म भलो  चिताए
हाँसेर लौ ! जीवन बिताए।
२.
हस्तरेखा लौ! राम्रो रहेछ
ज्योतिषीले सही नै कहेछ ।
✍️ परिक्रमा श्रेष्ठ
धरान ।

१.
बाढी आयो पहिरो चल्दैछ
दुखी कर्म यो मन जल्दैछ।
२.
सुन हाम्रो मायाको कहानी
आगो सल्क्यो भैदियो खरानी ।
✍️ गणेश तामाङ वाइबा
धादिङ नेपाल।

१,
मन ला छ  झ्याउरे गाउन,
जसरी  नि  भरे त  आउन।
२,
भट्ट  मकै  बाँडेर  खाउँला,
तिमी नाच्ने म गीत गाउँला।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

१.
राख्या थिएँ तन र मनमा,
डुब्ने रैछौ तिमी त धनमा ।

सम्झियो कि बिगत, अतीत,
भ्रष्टै हुन्छ मेरो नि मति त।
✍️ महेश तामाङ
नुवाकाेट ।

१.
आज भोलि साकुरा फुलेर,
को रम्दैन सुन्दर देखेर?
२.
कविवर कोरेछन् कविता,
बाँकी अरू गर्ने हो रमिता।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

भएको छ अहिले अभाव,
आउदैछ नजिक चुनाव।
✍️ लालिमाया थापा मगर
प्युठान ।

जय टुक्का! जय साहित्य!!
Attachments area

प्रतिक्रिया